लनइनग्राड (एजेन्सी) – इङल्यान्डलाई १–० ले हराउँदै बेल्जियम समूह ‘जी’को विजेता बनेको छ । एडनन् यनुजाइकोले ५१ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेपछि बेल्जियम समूह चरणमा शतप्रतिशत नजिता निकाल्न सफल भएको हो । उनले पेनाल्टी बक्स भित्रबाट गोल गरेका थिए ।
समूह विजेताको छिनोफानोका रुपमा रहेको खेलमा दुवै टोलीले पहिलो रोजाइमा व्यापक परिवर्तन गरेका थिए । समूह विजेता बेल्जियमले अब प्रिक्वार्टरफाइनलमा जापानसँग र उपविजेता इङ्ल्यान्डले कोलम्बियाको सामना गर्नेछ । समूह ‘एच’बाट कोलम्बिया समूह विजेता र जापान उपविजेताका रुपमा अन्तिम १६ मा पुगेका थिए ।
समूह ‘जी’कै अर्को अर्थहिन खेलमा ट्युनेसियाले पानामालाई २–१ ले हराएको थियो । पहिलो हाफमा आत्मघाती गोलबाट पछि परेको ट्युनेसियाले दोस्रो हाफमा खेल उल्टाएको थियो । ३३ औं मिनेटमा यासि मेरिहको आत्मघाती गोलमा पानामाले खेलमा अग्रता लिएको थियो ।
५१ औं मिनेटमा फक्रिदिने बेन युसुफलेले बराबरी गोल गरेका थिए । ६६ औं मिनेटमा वाहेबी खाजरीले गोल गर्दै ट्युनिसियालाई अग्रता दिलाएका थिए । पानामा र ट्युनेसिया यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
यसअघि बेल्जियमले पानामालाई ३–० र ट्युनिसियालाई ५–२ ले हराएको थियो । ट्युनेसियालाई २–१ ले हराएको इङ्ल्यान्डले पानामालाई ६–१ ले हराएको थियो । समूह चरणको समाप्तीमा बेल्जियमको ९, इङ्ल्यान्डको ६, ट्युनेसियाको ३ अंक रह्यो भने पानामाले अंक जोड्न सकेन ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र