June 29, 2018

इङ्ल्यान्डलाई हराउँदै बेल्जियम समूह ‘जी’को विजेता

लनइनग्राड (एजेन्सी) – इङल्यान्डलाई १–० ले हराउँदै बेल्जियम समूह ‘जी’को विजेता बनेको छ । एडनन् यनुजाइकोले ५१ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेपछि बेल्जियम समूह चरणमा शतप्रतिशत नजिता निकाल्न सफल भएको हो । उनले पेनाल्टी बक्स भित्रबाट गोल गरेका थिए ।

समूह विजेताको छिनोफानोका रुपमा रहेको खेलमा दुवै टोलीले पहिलो रोजाइमा व्यापक परिवर्तन गरेका थिए । समूह विजेता बेल्जियमले अब प्रिक्वार्टरफाइनलमा जापानसँग र उपविजेता इङ्ल्यान्डले कोलम्बियाको सामना गर्नेछ । समूह ‘एच’बाट कोलम्बिया समूह विजेता र जापान उपविजेताका रुपमा अन्तिम १६ मा पुगेका थिए ।

समूह ‘जी’कै अर्को अर्थहिन खेलमा ट्युनेसियाले पानामालाई २–१ ले हराएको थियो । पहिलो हाफमा आत्मघाती गोलबाट पछि परेको ट्युनेसियाले दोस्रो हाफमा खेल उल्टाएको थियो । ३३ औं मिनेटमा यासि मेरिहको आत्मघाती गोलमा पानामाले खेलमा अग्रता लिएको थियो ।

५१ औं मिनेटमा फक्रिदिने बेन युसुफलेले बराबरी गोल गरेका थिए । ६६ औं मिनेटमा वाहेबी खाजरीले गोल गर्दै ट्युनिसियालाई अग्रता दिलाएका थिए । पानामा र ट्युनेसिया यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

यसअघि बेल्जियमले पानामालाई ३–० र ट्युनिसियालाई ५–२ ले हराएको थियो । ट्युनेसियालाई २–१ ले हराएको इङ्ल्यान्डले पानामालाई ६–१ ले हराएको थियो । समूह चरणको समाप्तीमा बेल्जियमको ९, इङ्ल्यान्डको ६, ट्युनेसियाको ३ अंक रह्यो भने पानामाले अंक जोड्न सकेन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति