ब्राजिल र स्विट्जरल्यान्ड नकआउट चरणमा !

brazil-next-round-768x308मस्को (एजेन्सी)– ब्राजिल समूह विजेताका रुपमा विश्व कपको नकआउट चरणमा पुगेको छ । समूह ‘इ’का दुई अन्तिम अलग अलग खेलमा ब्राजिलले सर्बियालाई २–० ले हरायो भने अर्को खेलमा स्विट्जरल्यान्ड र कोस्टा रिकाले २–२ को बराबरी खेलेका थिए । स्विट्जरल्यान्ड उपविजेताका रुपमा अघि बढेको छ । अब क्वार्टरफाइनल प्रवेशका लागि ब्राजिलले मेक्सिको र स्विट्जरल्यान्डले स्विडेनको सामना गर्नेछ । समूह ‘एफ’बाट स्विडेन विजेता र मेक्सिको उपविजेताका रुपमा अन्तिम १६ मा पुगेका थिए । 

समूह ‘इ’मा ब्राजिलले ७, स्विट्जरल्यान्डले ५, सर्बियाले ३ र कोस्टा रिकाले १ अंक जाडे । ब्राजिलको जितमा पाउलिन्हो र  थिएगो सिल्भाले गोल गरे । पाउलिन्होले ३६ औं मिनेटमा ब्राजिलका लागि गोलको खाता खोलेका थिए । काउटिन्होको पासमा बल अघि बढाएका पाउलिन्होले गोल गरेका थिए ।

उनलाई रोक्न विपक्षी गोलकिपर अघि बढ्दा त्यसैमा पाउलिन्होले मौकाको फाइदा उठाएका थिए । सिल्भाले ६८ औं मिनेटमा गोल गर्दै टोलीको जितलाई निश्चित पारे । नेयमारको कर्नरमा आएको बलमा सिल्भाले हेडमार्फत गोल गरेका थिए ।

अर्को खेलमा स्विट्जरल्यान्डले दुई पटकको अग्तालाई जोगाउन सकेन । ब्लिरिम डिजेमेलीको गोलमा ३१ औं मिनेटमा अग्रता लिएको स्विट्जरल्यान्डविरुद्ध कोस्टा रिकाका केन्डेल वेट्सनले बराबरी गोल गरे । खेलको अन्त्यतिर दुवै टोलीले गोल थपे । ८८ औं मिनेटमा जोसिप ड्रिमिकले गोल गर्दै पुन स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए ।

इन्जुरी समयको तेस्रो मिनेटमा यान सोमेरले आत्मघाती गोल गरेपछि खेल बराबरीमा टुंगिएको थियो । त्यसअघि कोस्टा रिकाका ब्रायन रियुज पेनाल्टीमा गोल गर्नबाट चुकेका थिए । पहिलो खेलमा स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेलेको ब्राजिलले अर्को खेलमा कोस्टा रिकालाई २–० ले हराएको थियो । अन्य खेलमा स्विट्जरल्यान्डले सर्बियालाई २–१ ले र सर्बियाले कोस्टा रिकालाई १–० ले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि