मस्को (एजेन्सी)– ब्राजिल समूह विजेताका रुपमा विश्व कपको नकआउट चरणमा पुगेको छ । समूह ‘इ’का दुई अन्तिम अलग अलग खेलमा ब्राजिलले सर्बियालाई २–० ले हरायो भने अर्को खेलमा स्विट्जरल्यान्ड र कोस्टा रिकाले २–२ को बराबरी खेलेका थिए । स्विट्जरल्यान्ड उपविजेताका रुपमा अघि बढेको छ । अब क्वार्टरफाइनल प्रवेशका लागि ब्राजिलले मेक्सिको र स्विट्जरल्यान्डले स्विडेनको सामना गर्नेछ । समूह ‘एफ’बाट स्विडेन विजेता र मेक्सिको उपविजेताका रुपमा अन्तिम १६ मा पुगेका थिए ।
समूह ‘इ’मा ब्राजिलले ७, स्विट्जरल्यान्डले ५, सर्बियाले ३ र कोस्टा रिकाले १ अंक जाडे । ब्राजिलको जितमा पाउलिन्हो र थिएगो सिल्भाले गोल गरे । पाउलिन्होले ३६ औं मिनेटमा ब्राजिलका लागि गोलको खाता खोलेका थिए । काउटिन्होको पासमा बल अघि बढाएका पाउलिन्होले गोल गरेका थिए ।
उनलाई रोक्न विपक्षी गोलकिपर अघि बढ्दा त्यसैमा पाउलिन्होले मौकाको फाइदा उठाएका थिए । सिल्भाले ६८ औं मिनेटमा गोल गर्दै टोलीको जितलाई निश्चित पारे । नेयमारको कर्नरमा आएको बलमा सिल्भाले हेडमार्फत गोल गरेका थिए ।
अर्को खेलमा स्विट्जरल्यान्डले दुई पटकको अग्तालाई जोगाउन सकेन । ब्लिरिम डिजेमेलीको गोलमा ३१ औं मिनेटमा अग्रता लिएको स्विट्जरल्यान्डविरुद्ध कोस्टा रिकाका केन्डेल वेट्सनले बराबरी गोल गरे । खेलको अन्त्यतिर दुवै टोलीले गोल थपे । ८८ औं मिनेटमा जोसिप ड्रिमिकले गोल गर्दै पुन स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए ।
इन्जुरी समयको तेस्रो मिनेटमा यान सोमेरले आत्मघाती गोल गरेपछि खेल बराबरीमा टुंगिएको थियो । त्यसअघि कोस्टा रिकाका ब्रायन रियुज पेनाल्टीमा गोल गर्नबाट चुकेका थिए । पहिलो खेलमा स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेलेको ब्राजिलले अर्को खेलमा कोस्टा रिकालाई २–० ले हराएको थियो । अन्य खेलमा स्विट्जरल्यान्डले सर्बियालाई २–१ ले र सर्बियाले कोस्टा रिकालाई १–० ले हराएको थियो ।
माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा
माघ २० , काठमाडौं। नेपालमा व्यक्तिगत डाटा संरक्षणसम्बन्धी स्पष्ट कानुन र प्रभावकारी नियमन नहुँदा डाटा
माघ १९,काठमाडौँ । देशभर ७ लाख ७० हजार बालबालिका गरिबी, न्यून आयस्तर, विकट भूगोल र
२०८२ माघ १८,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनका लागि
माघ १५,काठमाडौं । पछिल्लो समय पश्चिमी देशहरू आफ्ना राष्ट्रिय हितको खोजीमा एसियातर्फ केन्द्रित हुन थालेका
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र