विश्व कपको समूह चरण अन्तिम चरण सकिने क्रममा रहँदा यसको रोमाञ्चकका पनि बढ्दै गएको छ । विश्व कपको अघिल्लो चरण पुग्ने र समूह चरणबाट बाहिरिने प्रतिस्पर्धाले रौनकता थपेको छ । अन्तिम समयमा गोल गरेपछि अर्जेन्टिना नाइजेरियालाई २–१ ले हराउँदै अघिल्लो चरण पुगेको थियो ।

आज फेरि त्यस्तै दबाबकाबीच ब्राजिलले कस्तो प्रदर्शन गर्ला भन्ने जिज्ञासा धेरैमा हुनुपर्दछ । समूह ‘इ’मा सर्बिया र ब्राजिल तथा स्वीट्जरल्यान्ड र कोस्टा रिकाबीच प्रतिस्पर्धा हुनेछ । ती खेल राती ११ः४५ बजे सुरु हुनेछन् । त्यसअघि समूह ‘एफ’मा मेक्सिकाले स्वीडेनसँग र दक्षिण कोरियालले साविक विजेता जर्मनीको सामना गर्नेछ । ती खेल राती साँझ ७ः४५ बजे हुनेछन् ।
कोस्टा रिका समूह चरणबाट बाहिरिएको छ भने अघिल्लो चरण पुग्ने दुई टोलीका लागि ब्राजिल, स्वीट्जरल्यान्डबीच प्रतिस्पर्धा छ । शीर्षस्थानको ब्राजिल र स्वीट्जरल्यान्ड को समान ४ अंक छ भने सर्बियाको ३ अंक छ ।
यस्तोमा ब्राजिल र सर्बियाबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । ‘एफ’ समूहमा मेक्सिको ६ अंकसहित शीर्षस्थानमा रहँदा जर्मनी र स्वीडेनको समान ३ अंक छ । दक्षिण कोरिया बाहिरिसकेकोले अघिल्लो चरण पुग्न बाँकी ३ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
विश्व कपमा आजका खेल र समय
समूह ‘एफ’
मेक्सिकोविरुद्ध स्वीडेन -साँझ ७ः४५ बजे
दक्षिण कोरियाविरिुद्ध जर्मनी- साँझ ७ः४५ बजे
समूह ‘इ’
सर्बियाविरुद्ध ब्राजिल -राती ११ः४५ बजे
स्वीट्जरल्यान्डविरुद्ध कोस्टा रिका -राती ११ः४५ बजे
चैत ९,काठमाडौँ। राष्ट्रिय परिचयपत्र बनाउँदा अब नागरिकले छुट्टै आवेदन फाराम (प्रि–इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत