सेन्ट पिटर्सबर्ग (एजेन्सी) – विश्वकप समूह ‘डी’ का अन्तिम खेलमा क्रोएसिया र अर्जेन्टिना विजयी भएका छन् । क्रोएसियाले आइसल्यान्डलाई र अर्जेन्टिनाले नाइजेरियालाई समान २-१ स्कोरले हराउन सफल भएका हुन् ।
लियोनल मेस्सीले खेलको १४ औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । तर नाइजेरियाका लागि भिक्टर मोजेजले गोल गर्दै स्कोर बराबर पारेका थिए । खेलको ८६ औं मिनेटमा अर्जेन्टिनाका लागि डिफेन्डर मार्कोस रोहोले गोल गर्दै अर्जेन्टिनालाई अति महत्त्वपूर्ण जित दिलाए ।
अर्को खेलमा क्रोएसियाले आइसल्यान्डलाई पनि २-१ ले हराएपछि अर्जेन्टिनाको अन्तिम १६ को ढोका खुलेको हो । क्रोएसियाका लागि मिलान बाडेल्जले गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि गिल्फी सिगर्ड्सनको पेनाल्टीमा आइसल्यान्ड खेलमा फर्केको थियो । तर ९० औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियाको शत प्रतिशत रेकर्ड सुनिश्चित गरेका हुन् ।
यस नतिजहरुसंगै क्रोसियाको ३ खेलमा पुरै ९ अंक रहेको छ भने अर्जेन्टिनाको ४ अंक रहेको छ । नाइजेरिया ३ अंक र आइसल्यान्ड १ अंक बटुल्दै घर फर्केका छन् । अब क्रोएसियाले अन्तिम १६ मा डेनमार्क र अर्जेन्टिनाले फ्रान्सको सामना गर्ने छ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र