सेन्ट पिटर्सबर्ग (एजेन्सी) – विश्वकप समूह ‘डी’ का अन्तिम खेलमा क्रोएसिया र अर्जेन्टिना विजयी भएका छन् । क्रोएसियाले आइसल्यान्डलाई र अर्जेन्टिनाले नाइजेरियालाई समान २-१ स्कोरले हराउन सफल भएका हुन् ।
लियोनल मेस्सीले खेलको १४ औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । तर नाइजेरियाका लागि भिक्टर मोजेजले गोल गर्दै स्कोर बराबर पारेका थिए । खेलको ८६ औं मिनेटमा अर्जेन्टिनाका लागि डिफेन्डर मार्कोस रोहोले गोल गर्दै अर्जेन्टिनालाई अति महत्त्वपूर्ण जित दिलाए ।
अर्को खेलमा क्रोएसियाले आइसल्यान्डलाई पनि २-१ ले हराएपछि अर्जेन्टिनाको अन्तिम १६ को ढोका खुलेको हो । क्रोएसियाका लागि मिलान बाडेल्जले गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि गिल्फी सिगर्ड्सनको पेनाल्टीमा आइसल्यान्ड खेलमा फर्केको थियो । तर ९० औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियाको शत प्रतिशत रेकर्ड सुनिश्चित गरेका हुन् ।
यस नतिजहरुसंगै क्रोसियाको ३ खेलमा पुरै ९ अंक रहेको छ भने अर्जेन्टिनाको ४ अंक रहेको छ । नाइजेरिया ३ अंक र आइसल्यान्ड १ अंक बटुल्दै घर फर्केका छन् । अब क्रोएसियाले अन्तिम १६ मा डेनमार्क र अर्जेन्टिनाले फ्रान्सको सामना गर्ने छ ।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
कात्तिक २, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार
आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको
काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति