विश्वकप: समूह ‘बी’मा स्पेन विजेता र पोर्चुगल उपविजेता

मस्को (एजेन्सी)– समूह ‘बी’बाट स्पेन विजेता र पोर्चुगल उपविजेताका विश्व कप फुटबलको नकआउट चरणमा पुगेका छन् । समूहको अन्तिम दुई खेलमा पोर्चुगलले इरान तथा स्पेनले मोरोक्कोसँग बराबरी खेलेको छ । स्पेन र मोरोक्कोले २–२ तथा पोर्चुगल र इरानलाई १–१ बराबरी खेले ।

३ खेलमा समान १ जित र २ बराबरी गरेको स्पेन र पोर्चुगलको समान ५ अंक पुगेको छ । प्रतियोगिताबाट बाहिरिएको इरानको ३ र मोरोक्काको १ अंक छ । प्रि क्वार्टरमा स्पेनले समूह ‘ए’को उपविजेता रसिया तथा पोर्चुगलले समूह एको विजेता उरुग्वेको सामना गर्नेछ ।

पहिलो हाफको अन्तिम मिनेटमा रिकार्डो करिज्माले दिलाएको अग्रतालाई जोगाउँदै पोर्चुगलले दोस्रो हाफमा जोगाउन सकेन । खेलको अन्तिम मिनेटमा करिम अन्सारिफाडले पेनाल्टीमा बराबरी गोल फर्काएपछि अंक बाढेका थिए । त्यसअघि ५३ औं मिनेटमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्न सकेनन् । आफैलाई फाउल गरेर प्राप्त पेनाल्टी रोनाल्डोले प्रहार गर्दा इरानी गोलकिपरले रोकेका थिए ।

अर्को खेलमा दुई पटक पछि परेर पनि स्पेनले खेलमा बराबरी गरेको थियो । रक्षापक्तिको कमजोरीको फाइदा उठाउँदै खालि बोटेबलले १४ औं मिनेटमा गोल गर्दै मोरोक्कोलाई अग्रता दिलाएका थिए । खेलमा पछाडि परेर दबाबमा परेको स्पेनले पाँच मिनेटपछि नै गोल गर्दै खेलमा फर्केको थियो ।

इस्कोले बराबरी गोल फर्काएका थिए । ८१ औं मिनेटमा युसेफ इन नेन्रीको हेड गोलमा मोरोक्कोले पुनः अग्रता लियो । तर इन्जुरी समयमा इगो आसपासले गोल फर्काएँदै स्पेनलाई हारबाट जोगाएका थिए ।

स्पेन र पोर्चुगलले पहिलो खेलमा ३–३ को बराबरी खेलेको थियो । अन्य खेलमा स्पेनले इरानलाई , पोर्चुगलले मोरोक्कोलाई र इरानले मोरोक्कोलाई समान १–० ले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

संविधान संशोधनदेखि ‘लगानी एक्सप्रेस’सम्म: सरकारको व्यापक सुधार एजेन्डा सार्वजनिक

काठमाडौँ, वैशाख २९ । सरकारले सबै वर्ग, क्षेत्र र समुदायको अपनत्व सुनिश्चित हुने गरी राजनीतिक