मस्को (एजेन्सी)– समूह ‘बी’बाट स्पेन विजेता र पोर्चुगल उपविजेताका विश्व कप फुटबलको नकआउट चरणमा पुगेका छन् । समूहको अन्तिम दुई खेलमा पोर्चुगलले इरान तथा स्पेनले मोरोक्कोसँग बराबरी खेलेको छ । स्पेन र मोरोक्कोले २–२ तथा पोर्चुगल र इरानलाई १–१ बराबरी खेले ।
३ खेलमा समान १ जित र २ बराबरी गरेको स्पेन र पोर्चुगलको समान ५ अंक पुगेको छ । प्रतियोगिताबाट बाहिरिएको इरानको ३ र मोरोक्काको १ अंक छ । प्रि क्वार्टरमा स्पेनले समूह ‘ए’को उपविजेता रसिया तथा पोर्चुगलले समूह एको विजेता उरुग्वेको सामना गर्नेछ ।
पहिलो हाफको अन्तिम मिनेटमा रिकार्डो करिज्माले दिलाएको अग्रतालाई जोगाउँदै पोर्चुगलले दोस्रो हाफमा जोगाउन सकेन । खेलको अन्तिम मिनेटमा करिम अन्सारिफाडले पेनाल्टीमा बराबरी गोल फर्काएपछि अंक बाढेका थिए । त्यसअघि ५३ औं मिनेटमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्न सकेनन् । आफैलाई फाउल गरेर प्राप्त पेनाल्टी रोनाल्डोले प्रहार गर्दा इरानी गोलकिपरले रोकेका थिए ।
अर्को खेलमा दुई पटक पछि परेर पनि स्पेनले खेलमा बराबरी गरेको थियो । रक्षापक्तिको कमजोरीको फाइदा उठाउँदै खालि बोटेबलले १४ औं मिनेटमा गोल गर्दै मोरोक्कोलाई अग्रता दिलाएका थिए । खेलमा पछाडि परेर दबाबमा परेको स्पेनले पाँच मिनेटपछि नै गोल गर्दै खेलमा फर्केको थियो ।
इस्कोले बराबरी गोल फर्काएका थिए । ८१ औं मिनेटमा युसेफ इन नेन्रीको हेड गोलमा मोरोक्कोले पुनः अग्रता लियो । तर इन्जुरी समयमा इगो आसपासले गोल फर्काएँदै स्पेनलाई हारबाट जोगाएका थिए ।
स्पेन र पोर्चुगलले पहिलो खेलमा ३–३ को बराबरी खेलेको थियो । अन्य खेलमा स्पेनले इरानलाई , पोर्चुगलले मोरोक्कोलाई र इरानले मोरोक्कोलाई समान १–० ले हराएको थियो ।
चैत ९,काठमाडौँ। राष्ट्रिय परिचयपत्र बनाउँदा अब नागरिकले छुट्टै आवेदन फाराम (प्रि–इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत