विश्वकप २०१८ : आज एउटै समयमा विशेष चार खेल हुने , पोर्चुगल गर वा मरको अवस्थामा

विश्वकपमा आज हुने समुह बी का खेलहरु विशेष महत्वका साथ हेरिएको छ । एउटै समयमा सुरु हुने खेलमा पोर्चुगलले इरानसँग खेल्दैछ भने स्पेनले मोरक्कोसँग खेल्दैछ ।

1528618147fifa_world_cup_2018

अंक तालिकामा स्पेन र पोर्चुगलको चारचार अंक रहेको छ । त्यस्तै इरानको तीन अंक रहेको छ ।

पहिलो खेलमा स्पेनसँग बराबरी खेल खेलेको पोर्चुगलले इरानविरुद्ध नतिजा निकाल्नै पर्ने बाध्यता रहेको छ ।

मोरक्कोलाई १-० गोलले पराजित गरेको पोर्चुगलले इरानविरुद्ध ठुलै संघर्ष गर्नुपर्ने फुटबल विश्लेषकहरु बताउँछन् ।

पोर्चुगलका लागि हालसम्म रोनाल्डोलेमात्र गोल गरेका छन् । उनले दुई खेलमा चार गोल गरेका छन् ।

स्पेनलाई कडा टक्कर दिएको इरान पोर्चुगललाई हर हालतमा पराजित गर्नुपर्ने बाध्यता रहेको छ । अर्को चरणमा पुग्न इरानले पोर्चुगललाई पराजित गर्न सक्षम रहेको फुटबल पण्डितहरु बताउँछन् ।

पहिलो खेलमा मोरक्कोमाथि जित हात पारेको इरानले दोस्रो खेलमा भने स्पेनसँग एक गोलले मात्र पराजित भएको थियो । धेरै अवसरहरु सिर्जना गरेतापनि गोल गर्न असफल भएको इरानले पोर्चुगललाई भने कडा टक्कर दिने अनुमान गरिएको छ ।

गर वा मरको अवस्थामा रहेका इरानविरुद्ध सानो गल्ती पनि पोर्चुगललाई भारी पर्नेछ ।

त्यस्तै विश्वकपबाट बाहिरि सकेको मोरक्कोले स्पेनलाई रोक्न सक्ने फुटबल विश्लेषकहरु बताउँछन् । मोरक्कोले पोर्चुगलविरुद्ध देखाएको खेल प्रदर्शनले पनि यस कुराको प्रमाणित गरेको उनीहरुको भनाइ छ ।

अर्को चरणमा पुग्न स्पेनले पनि बराबरी खेले पुग्छ । तर, ग्रुप विजेता हुनका लागि पनि महत्वपुर्ण अवसर रहेको छ ।

विश्वकप दाबेदार मानिएको स्पेनका लागि यो सुनौलो अवसर भएको फुटबल विश्लेषकहरु बताउँछन् ।

नेपाली समयअनुसार आज यी दुई खेल ११ः४५ मा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र