विश्वकप २०१८ : आज एउटै समयमा विशेष चार खेल हुने , पोर्चुगल गर वा मरको अवस्थामा

विश्वकपमा आज हुने समुह बी का खेलहरु विशेष महत्वका साथ हेरिएको छ । एउटै समयमा सुरु हुने खेलमा पोर्चुगलले इरानसँग खेल्दैछ भने स्पेनले मोरक्कोसँग खेल्दैछ ।

1528618147fifa_world_cup_2018

अंक तालिकामा स्पेन र पोर्चुगलको चारचार अंक रहेको छ । त्यस्तै इरानको तीन अंक रहेको छ ।

पहिलो खेलमा स्पेनसँग बराबरी खेल खेलेको पोर्चुगलले इरानविरुद्ध नतिजा निकाल्नै पर्ने बाध्यता रहेको छ ।

मोरक्कोलाई १-० गोलले पराजित गरेको पोर्चुगलले इरानविरुद्ध ठुलै संघर्ष गर्नुपर्ने फुटबल विश्लेषकहरु बताउँछन् ।

पोर्चुगलका लागि हालसम्म रोनाल्डोलेमात्र गोल गरेका छन् । उनले दुई खेलमा चार गोल गरेका छन् ।

स्पेनलाई कडा टक्कर दिएको इरान पोर्चुगललाई हर हालतमा पराजित गर्नुपर्ने बाध्यता रहेको छ । अर्को चरणमा पुग्न इरानले पोर्चुगललाई पराजित गर्न सक्षम रहेको फुटबल पण्डितहरु बताउँछन् ।

पहिलो खेलमा मोरक्कोमाथि जित हात पारेको इरानले दोस्रो खेलमा भने स्पेनसँग एक गोलले मात्र पराजित भएको थियो । धेरै अवसरहरु सिर्जना गरेतापनि गोल गर्न असफल भएको इरानले पोर्चुगललाई भने कडा टक्कर दिने अनुमान गरिएको छ ।

गर वा मरको अवस्थामा रहेका इरानविरुद्ध सानो गल्ती पनि पोर्चुगललाई भारी पर्नेछ ।

त्यस्तै विश्वकपबाट बाहिरि सकेको मोरक्कोले स्पेनलाई रोक्न सक्ने फुटबल विश्लेषकहरु बताउँछन् । मोरक्कोले पोर्चुगलविरुद्ध देखाएको खेल प्रदर्शनले पनि यस कुराको प्रमाणित गरेको उनीहरुको भनाइ छ ।

अर्को चरणमा पुग्न स्पेनले पनि बराबरी खेले पुग्छ । तर, ग्रुप विजेता हुनका लागि पनि महत्वपुर्ण अवसर रहेको छ ।

विश्वकप दाबेदार मानिएको स्पेनका लागि यो सुनौलो अवसर भएको फुटबल विश्लेषकहरु बताउँछन् ।

नेपाली समयअनुसार आज यी दुई खेल ११ः४५ मा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति