संसार विश्वकपमय भइरहेको छ । खेलाडीहरू उता जति आवेगमा छन्, त्यति नै उत्सवी मुडमा छन् हेर्ने दर्शकहरू पनि । नेपाली दर्शकहरूलाई पनि विश्वकपले खानपिन र रामरमिताको माहौल दिएको छ ।
नेपाली फुटबलप्रेमीहरू रुसमा भइरहेको विश्वकपमा रातरातभरि अनिँदो बसेर, मासु–मदिरा खाएर र आपसमा बाजी राखेर रमाइरहेका छन् । आफ्नो टिमको विजय–पराजयमा मानसिक तनाव त छँदैछ ।
विश्वकपमा जापानले गोल गरेलगत्तै डा. सरोजप्रसाद ओझाले आफ्ना जापानी साथी डा. युकीलाई फोन गरेर बधाइ दिए । तर, डा. युकीले अनभिज्ञता प्रकट गर्दै भने, ‘ए, हो र ! मलाई थाहै थिएन ।’ आफ्नै देशले गोल हानेको समेत थाहा नपाएको सुनेर डा. ओझा छक्क परे ।
वरिष्ठ मनोचिकित्सक समेत रहेका डा. ओझा अरु देशका तुलनामा नेपालमा फुटबलप्रेमी बढ्दै गएको बताउँछन् । ‘एक जना अर्जेन्टिनाका नेपाली फ्यानले आत्महत्या प्रयास गरेको सुनेको छु’, डा. ओझाले भने, ‘झापाका एक युवाले अत्यधिक मदिरा सेवन गर्दा बेहोस भएपछि अस्पताल नै भर्ना गर्नुप¥यो ।’आजको अन्नपुर्ण पोष्टमा यो खबर छ /
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
चैत ९,काठमाडौँ। राष्ट्रिय परिचयपत्र बनाउँदा अब नागरिकले छुट्टै आवेदन फाराम (प्रि–इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज