राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरुको कार्यकाल गोला प्रथाबाट टुंगो लगाइएको छ । सोमबार संघीय संसद भवनमा गोला प्रथा गरिएको हो ।
संवैधानिक व्यवस्थाअनुसार सांसदहरुले आफ्नो कार्यकाल आफैंले गोला छनोट गरेर तय गरेका छन् । वर्णानुक्रम अनुसार चिठ्ठा तान्न लगाइएको थियो । जुन सदस्यले जति अंक लेखिएको चिठ्ठा तान्छ, उसको कार्यकाल त्यति नै वर्ष हुने व्यवस्था मिलाइएको थियो ।
गोला प्रथा गर्दा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको पदावधि ६ वर्ष कायम भएको छ भने उपाध्यक्ष शशिकला दाहालको पदावधि ४ वर्ष कायम भएको छ ।
त्यसैगरी गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’को कार्यकाल ६ वर्ष र अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल २ वर्ष तय भएको छ ।
राष्ट्रियसभामा ने क पा संसदीय दलका नेता दीनानाथ शर्माको चार वर्ष, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस दलका नेता सुरेन्द्रराज पाण्डेको २ वर्ष र प्रमुख सचेतक सरिता प्रसाईंको पनि २ वर्ष कायम भएको छ ।
राष्ट्रियसभाका १९ सदस्यको पदावधि २ वर्ष कायम भएको छ भने २० जनाको ४ वर्ष र बाँकी २० जनाको ६ वर्ष कायम भएको छ ।
५ नम्बर प्रदेशबाट सांसद भएकी कोमल वलीको कार्यकाल चार वर्ष तय भएको छ ।
काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक
वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय
वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको
वैशाख १४,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र