June 17, 2018

पानीमा नभिज्न मौसमविद्को सुझाव, संकलित पानी पिउन अयोग्य

 

 २०७५ असार ३

पानीमा नभिज्न मौसमविद्को सुझाव, संकलित पानी पिउन अयोग्य

काठमाडौं । उपत्यकामा शुक्रबार बेलुका र राति परेको पानीमा देखिएको ‘पहेँलो लेदो’को असर खानेपानीदेखि बालीनालीसम्म परेको विज्ञहरुले बताएका छन् । घरका छतमा राखिएका पानीट्यांकमा सङ्कलित पानी प्रयोग नगर्न पनि उनीहरुले सुझाव दिएका छन् । 

भारतको राजस्थान मरुभूमिको धुलो हुरीले उडाउँदा सोही पहेँलो धुलो नेपाली वायुमण्डलमा देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवाष रिमालले बताए ।

मरुभूमिको धुलो नेपाली वायुमण्डलमा मिसिएको र सक्रिय मनसुनका कारण वर्षा बनेर उक्त धुलो पनि पानीसँगै खस्दा यसको चौतर्फी असर देखिएको उनको भनाइ छ । 
विशेषगरी काठमाडौं उपत्यकाका घरको छतका ट्याङ्कीमा सङ्कलन गरिएको पानी पिउनमात्र होइन– खाना बनाउन, हातखुट्टा धुनसमेत अयोग्य रहेको मौसमविद् रिमालले बाह्रखरीलाई जानकारी दिए ।

“हालै देखिएको यस प्रकारको पानीमा प्रदूषणयुक्त कणसमेत देखिएकाले यस्तो पानी उमालेर पिउनसमेत अयोग्य देखिएको छ,” रिमालले भने ।    
यसका साथै पार्किङ गरी राखिएका सवारी साधन, सुकाएका कपडा र बालीनालीको फूल, कोपिलामा धुलो टाँसिदा र खोलानालाको पानी पिउँदा गाईवस्तुमा समेत यस किसिमको वर्षाले प्रत्यक्ष असर पुर्याएको छ । 

मौसमविद्हरुका अनुसार नेपालको पश्चिमी वायुमण्डल क्षेत्रमा यो पहेँलो धुलो मिसिए पनि नेपालका पूर्वी, मध्य र पश्चिमी सबै क्षेत्रमा यसको असर आगामी दुई दिनसम्म देखिनेछ । 
पहेँलो धुलोका साथै ज्यादा अम्लियपना हुने, प्रदूषणयुक्त कण रहने र हानिकारक रसायनिक तत्वसमेत देखिएकाले यस प्रकारको वर्षामा नरुझ्न, खुला स्थान र सङ्कलन गरिएको पानी नपिउन र यस प्रकारको पानीले आँखा पोल्ने, छालामा एलर्जी हुनेजस्ता अल्पकालीन समस्या देखापर्ने र यसबाट नआत्तिन पनि मौसमविद्को सुझाव छ ।

अरुबेला हिउँदमा, यसपटक बर्खामा
राजस्थान नेपालबाट १५ सयभन्दा बढी किलोमिटर टाढा छ । विज्ञहरुका अनुसार यति टाढाको स्थानबाट नेपाली वायुमण्डलमा सामान्य अवस्थामा पहेँलो धुलो आउन सक्ने देखिँदैन । 
राजस्थानमा ठूलो हावाहुरीका कारण यस्ता कण नेपाली वायुमण्डलमा देखिएको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । 

महाशाखाका अनुसार यसअघि पनि  हिउँदको समयमा मरुभूमिका कणहरु नेपाली वायुमण्डलमा आएको तर वर्खाको मौसममा भने नेपाली इतिहासमै ठूलो परिमाणमा पहिलो पटक यस्तो वर्षा भएको मौसमविद् रिमालले बताए ।

वायुमण्डलमा यस प्रकारको वर्षाको आंशिक असर केही दिनसम्म देखिन सक्ने महाशाखाको पूर्वानुमान छ । 
पहेँलो धुलोकै कारण आन्तरिक तथा बाह्य दुवै प्रकारको हर्वाइ उडानमा भने कुनै असर नपरेको रिमालले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट