
एजेन्सी । विश्वकप फुटबलको समूह डिको पहिलो खेलमा अर्जेन्टिनाले आइसल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । आफ्नो डेब्यु खेलमा नै बलियो प्रतिद्धन्दी अर्जेन्टिनासँग आइसल्याण्डले खेल्न लागेको हो ।
स्पार्टक रंगशालामा खेल नेपाली समयअनुसार ६ बजेर ४५ मिनेटमा सुरु हुनेछ । दुबै टिम आफ्नो पहिलो खेलमा जित हात पार्दै विश्वकपमा शानदार सुरुआत गर्ने दाउमा छन् । बलियो प्रतिद्धन्दी विरुद्ध विश्वकपको पहिलो खेल खेल्न आइसल्याण्डलाई निकै गाह्रो हुन सक्छ । तर, यी दुई टिमबीचमा अहिलेसम्म एक आपसमा भेट नभएको हुँदा अर्जेन्टिनालाई नयाँ टिमसँग खेल्नु त्यति सजिलो भने छैन ।
विश्वकपमा अर्जेन्टिनाको इतिहास
विश्वकपमा अजेन्टिना आफूलाई सशक्त टिमको रुपमा मैदान उतार्ने तयारीमा रहेको छ । विश्वचर्चित खेलाडी लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिना विश्वकप खेल्दैछ ।
विश्वकपमा दुई पटक अजेन्टिनाले विश्वकप जित्दा तीन पटक उपविजेता बनेको छ । तीन पटक उपविजेता हुँदा दुई पटक फाइनलमा जर्मनीसँग अर्जेन्टिना पराजित भएको छ । त्यस्तै, एक पटक भने सन् १९३० मा भएको विश्वकपमा उरुग्वेसँग पराजित हुँदै उपविजेतामा चित्त बुझाएको अर्जेन्टिनासँग तीतो इतिहास छ । तर, त्यो तीतो इतिहासलाई बदल्ने रणनीतिमा अर्जेन्टिना छ ।
८८ वर्षे विश्वकपको इतिहासमा अर्जेन्टिनाले सन् १९७८ र सन् १९८६ मा गरी दुई पटक विश्वकपको उपाधि उचालेको छ । विश्वकपको २१ औं संस्करणसम्म आइपुग्दा १८औं पटक अर्जेन्टिना विश्वकपमा सहभागि भईसकेको छ भने यो १९ औं सहभागिता हो । अर्जेन्टिनाले पहिलो पटक सन् १९७८ मा विश्वकपको आयोजना गर्ने अवसर पाएको थियो । यही विश्वकपको उपाधि उचाल्दै आफ्नो इतिहास बनाएको थियो । सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपको उपाधि जर्मनीलाई पराजित गर्दै उपाधि उचालेको थियो ।
सन् १९९० मा भएको विश्वकपको उपविजेता बनेको अर्जेन्टिना सन् २०१४ मा भएको विश्वकपमा पनि उपविजेतामै चित्त बुझाएको थियो ।
प्लेयर्स टु वाच
लियोनल मेस्सी
अर्जेन्टिनाका कप्तान तथा विश्वचर्चित खेलाडी मेस्सीले फिफा विश्वकपमा सन् २००६ देखि खेल्न शुरु गरेका हुन् । उनले करिअरकै पहिलो विश्वकप २००६ मा सर्वियाविरुद्ध १ गोल गरेका थिए । उनको त्यो गोल विश्वकपमा पहिलो गोल थियो । सन् २०१० मा अर्जे्न्टिनाले क्वाटरफाइनलसम्मको यात्रा तय गर्दा नियमित कप्तान जाभियर मासिरानोको अनुपस्थितिमा मेस्सीले कप्तानीको भूमिका निर्वाह गर्ने अवसर पनि पाएका थिए । विश्वकपमा अर्जेन्टिना त्यसबेला क्वाटरफाइनल पुगेपनि मेस्सीले भने एक गोल पनि गर्न सकेनन् । क्वाटरफाइनलमा अर्जेन्टिना जर्मनीसँग ४–० गोलअन्तरले पराजित भएको थियो ।
सन् २०१४ को विश्वकप भने अर्जेन्टिनाले मेस्सीकै कप्तानीमा खेल्यो र उपविजेतासम्म पुग्यो । तेस्रो पटक विश्वकप खेल्दै गरेका मेस्सीले यो पटक भने ५ गोल गर्न सफल भएका थिए । उनले समूह चरणमा बोस्निया र इरानविरुद्ध १–१ गोल गरेका थिए भने नाइजेरिया विरुद्ध २ गोल गरेका थिए ।
त्यस्तै, मेस्सीले अर्जेन्टिनालाई फाइनलमा पुर्याउँदा नेदरल्याड्स विरुद्धको सेमिफाइनलको पेनाल्टी सुटआउटमा १ गोल गरेका थिए । फाइनलमा जर्मनीसँग १–० गोलअन्तरले अर्जेन्टिना पराजित भएपछि आफ्नो देशलाई आफ्नै कप्तानीमा विश्वकपको उपाधि दिलाउने मेस्सीको सपना समाप्त भएको थियो । विश्वकप २०१४ को सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल जितेपनि आफ्नो टिमलाई उपाधि दिलाउन भने असक्षम रहेका थिए । मेस्सीलाई फेरि पनि यो अर्को सुनौलो मौका मिलेको छ विश्वकपको उपाधि अर्जेन्टिनालाई दिलाउने । मेस्सीको लागि यो अन्तिम मौका पनि हो ।
एन्जल डि मारिया
एन्जल डि मारिया निकै अनुभवि खेलाडी हुन् । ३० वर्षीय मारिया अर्जेन्टिनाका एक सशक्त खेलाडी हुन् । २०१४ मा अर्जेन्टिनाका सशक्त खेलाडी मध्यका हुन् डि मारिया ।
मिड्फिल्डर मारियाको सन् २०१० को विश्वकप पहिलो थियो । मारिया यो विश्वकपमा पनि अर्जेन्टिनाको मुख्य रोजाइका खेलाडी हुन् ।
२०१४ को विश्वकपमा मारियाले स्वीट्जरल्याण्ड विरुद्ध १ गोल गरेका थिए । उनकै एक गोलको मद्दतमा अर्जेन्टिनाले २०१४ को विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको थियो । मारिया लङ सर्ट प्रहार गर्न माहिर मानिन्छन् ।
विश्वकपका लागि अर्जेन्टिना टिम
गोलरक्षक: सर्जियो रोमेरो, विली कबाल्लेरो, फ्रान्स्को अर्मानी
डिफेन्डर: जाभियर मासिरानो, गाब्रिएल मेर्काडो, निकोलस ओकामेन्डी, फेड्रिको फजियो, मार्कुस रोजा, निकोलस ताग्लियाफिको, मार्कुस अकुना, क्रिस्टियन अन्सल्डी
मिडफिल्डर: म्यानुएल लान्जिनी, म्याक्सीमिलानो मेजा, लुकास बिग्लिया, इभर बेनेगा, जियोभानो लो सेल्सो, एन्जल दि मारिया, क्रिस्टियन पाभोन, इडुर्वाडो साल्भियो
फरवार्ड :लियोनल मेस्सी, सर्जियो अग्युरो, पाउल डिबला, गोन्जालो हिगुइन
आइसल्याण्ड विश्वकपमा डेब्यु गर्दै
आइसल्याण्डको यो पहिलो विश्वकप हो । आइसल्याण्डले पहिलो पटक विश्वकप खेल्न लागेको हो ।
आफ्नो पहिलो विश्वकपमा नै उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक फड्को मार्ने लक्ष्य आइसल्याण्डको छ । २०१६ को युरोकपमा अपत्यारिलो तरिकाले क्वाटरफाइनलसम्म पुगेको आईसल्याण्ड रसिया विश्वकपमा पनि त्यस्तै जादु गर्ने रणनीतिमा छ
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
कात्तिक २, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार
आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको
काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति