ईरान एसियाली फुटबलमा चर्चित एवं ठूलोमा गनिन्छ । शुक्रबार समूह ‘बी’ अन्तर्गत ईरान र अफ्रिकी देश मोरक्को भिड्दैछन् । मोरक्को अहिले मनोवैज्ञानिक हारको अवस्थामा छ । सन् २०२६ को विश्वकप आयोजना गर्ने होडमा थियो । तर, अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त आयोजना गर्ने भएपछि मोरक्को चिन्तित छ । यसबीच टीमको समग्र प्रदर्शनमा केही प्रभाव पार्ने फुटबल पण्डितहरुले अनुमान गरेका छन् ।
ईरान विजयी शुरुआत गर्न चाहन्छ
एसियाली राष्ट्र ईरान आफ्नो निलम्बित खेलाडी सईद एजातोलाही बिना मैदानमा उत्रनेछ । त्यस्तै उसलाई मेहदी तारेमी र अशकान देजागाहको चोटको पनि चिन्ता छ । उता मोरक्को टीमले आफ्ना खेलाडी नाबिल दिरारले फिटनेस परीक्षण पास गरोस् भन्ने चाहना राखेको छ । ईरानले पाँचौं पटक विश्वकपको यात्रा तय गरेपनि समुह चरणबाट माथि उक्लन सकेको छैन । ईरान कठिन समुहमा छ । उसको समूहमा पोर्चुगल र स्पेनजस्ता ठूला टीमहरु छन् । समुह चरण पार गर्न ईरानले आज मोरक्कोलाई पराजित गर्दै स्पेन र पोर्चुगलसँग संघर्ष गर्नुपर्ने हुन्छ ।
मोरक्कोलाई आफू बलियो भएको सावित गर्ने मौका
मोरक्कोले बीस वर्षपछि आफूलाई सावित गर्ने मौका पाएको छ । मोरक्कोसँग यो आशा रहनेछ कि ईरानमाथि जीत हासिल गर्दै दुई शीर्ष टोलीसँग डटेर सामना गर्ने र नतिजा आफ्नो पोल्टामा पार्ने । मोरक्कोले एक गोल पनि नखाई विश्वकपको यात्रा तय गरेको थियो । मोरक्कोको डिफेन्स निकै नै बलियो छ । मोरक्कोले १८ म्याचमा लगातार जीत हासिल गरेको थियो ।
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
टोकियो, असार १३ गते । जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं