रसियाद्वारा आयोजना हुने यसपटकको फिफा विश्व कप २०१८ यस अघिका टोर्नामेन्टभन्दा फरक छ । यो पटकको विश्व कप रसियाको अन्तराष्ट्रिय सम्बन्ध, खेल आयोजनाका लागि आन्तरिक व्यवस्थापन लगायतका दृष्टिले इतिहासमै पहिलो पटक निकै विवादित बनेको छ ।

यो पटकको विश्व कपका केही रहस्यमयी र रोचक तथ्यहरु :-
१. रसियालाई विश्व कप २०१८ आयोजना गर्ने अधिकारको औपचारिक घोषणा २ डिसेम्बर २०१० मै भएको थियो । खेल १४ जुन देखि शुरु भएर १५ जुलाईमा समापन हुनेछ ।
२.विश्व कपमा रसियाले सहभागिता जनाएको यो ११ औं पटक हो ।
३ं. २००६ पछि युरोपमा आयोजना भएको यो पहिलो फिफा विश्व कप हो । पहिलो पटक विश्व कप पूर्वी युरोपमा आयोजना भएको थियो ।
४. १९३० मा उरुग्वेमा पहिलो पटक विश्व कप आयोजना भएपछिको यो विश्व कप टोर्नामेन्ट २१ औं पटकको हो ।
५. २०१८ को यो विश्वकपको मूलभाव सपना र ब्रह्माण्ड बाह्य अन्तरिक्ष अन्वेषण हो ।
६. यस पटकको विश्व कपको मास्कोटलाई अनलाइन मतदानबाट चयन गरिएको थियो । उक्त मास्कोट स्याल हो जसको नाम उल्फ जाबिभाका हो । त्यसलाई इकातेरिना बोचारोभा नामका एकजना विद्यार्थीले डिजाइन गरेका हुन्।
७. यस पटकको विश्व कपमा आइसलैण्ड र पानामा दुई नयाँ टोलीहरु देखा पर्दैछन् ।
८. जिम्बाबे यस पटकको फिफा क्वालिफाइङबाट बाहिरिएको थियो । आफ्नो प्रशिक्षकलाई पैसा नतिरेको कारणले उसलाई फिफाले बहिर्गमन गरेको हो ।
९. इन्डोनेशियाको सरकारले खेलमा हस्तक्षेप गरेको कारण यसपटकका क्वालिफायरबाट उसलाई बहिर्गमन गरेको हो ।
१०. यसपटकको उद्घाटन र समापन खेल दुबै मस्कोस्थित लुझनिकि स्टेडियममा हुनेछ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र