रसियाद्वारा आयोजना हुने यसपटकको फिफा विश्व कप २०१८ यस अघिका टोर्नामेन्टभन्दा फरक छ । यो पटकको विश्व कप रसियाको अन्तराष्ट्रिय सम्बन्ध, खेल आयोजनाका लागि आन्तरिक व्यवस्थापन लगायतका दृष्टिले इतिहासमै पहिलो पटक निकै विवादित बनेको छ ।

यो पटकको विश्व कपका केही रहस्यमयी र रोचक तथ्यहरु :-
१. रसियालाई विश्व कप २०१८ आयोजना गर्ने अधिकारको औपचारिक घोषणा २ डिसेम्बर २०१० मै भएको थियो । खेल १४ जुन देखि शुरु भएर १५ जुलाईमा समापन हुनेछ ।
२.विश्व कपमा रसियाले सहभागिता जनाएको यो ११ औं पटक हो ।
३ं. २००६ पछि युरोपमा आयोजना भएको यो पहिलो फिफा विश्व कप हो । पहिलो पटक विश्व कप पूर्वी युरोपमा आयोजना भएको थियो ।
४. १९३० मा उरुग्वेमा पहिलो पटक विश्व कप आयोजना भएपछिको यो विश्व कप टोर्नामेन्ट २१ औं पटकको हो ।
५. २०१८ को यो विश्वकपको मूलभाव सपना र ब्रह्माण्ड बाह्य अन्तरिक्ष अन्वेषण हो ।
६. यस पटकको विश्व कपको मास्कोटलाई अनलाइन मतदानबाट चयन गरिएको थियो । उक्त मास्कोट स्याल हो जसको नाम उल्फ जाबिभाका हो । त्यसलाई इकातेरिना बोचारोभा नामका एकजना विद्यार्थीले डिजाइन गरेका हुन्।
७. यस पटकको विश्व कपमा आइसलैण्ड र पानामा दुई नयाँ टोलीहरु देखा पर्दैछन् ।
८. जिम्बाबे यस पटकको फिफा क्वालिफाइङबाट बाहिरिएको थियो । आफ्नो प्रशिक्षकलाई पैसा नतिरेको कारणले उसलाई फिफाले बहिर्गमन गरेको हो ।
९. इन्डोनेशियाको सरकारले खेलमा हस्तक्षेप गरेको कारण यसपटकका क्वालिफायरबाट उसलाई बहिर्गमन गरेको हो ।
१०. यसपटकको उद्घाटन र समापन खेल दुबै मस्कोस्थित लुझनिकि स्टेडियममा हुनेछ ।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
कात्तिक २, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार
आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको
काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति