अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले आफ्नो अन्तर्राष्ट्रिय भविष्य रुसमा हुन लागेको विश्वकपमा देशको प्रदर्शनमा निर्भर हुने बताएका छन् । मेस्सीले स्पेनमा पत्रकारहरुसँग भने, ‘हामी कति माथि जान्छौं या हामीले विश्वकपलाई कसरी अन्त्य गर्छौं त्यसले मेरो भविष्य निर्धारण गर्छ ।’

बार्सिलोनाका यस फरवार्डले भने, ‘हामीले लगातार तीन फाइनल गुमाइसकेका छौं । जसकारण मीडियाका साथै हामीले केही मुश्किल परिस्थितिको सामना गर्नु परेको छ ।’अर्जेन्टिनाले सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीविरुद्ध अतिरिक्त समयमा खाएको गोल नै निर्णायक बन्यो । र, उपाधि गुमायो । त्यसपछि अर्जेन्टिनाले सन् २०१५ र सन् २०१६ को कोपा अमेरिकामा चिलीविरुद्ध पेनाल्टी शूटआउटमा हारको सामना गर्नुपर्यो ।
मेस्सीका अनुसार स्पेन, ब्राजिल, जर्मनी, फ्रान्स र बेल्जियम विश्वकपका प्रबल दाबेदार हुन् । अर्जेन्टिनाले विश्वकपमा शनिबार मस्कोमा आइसल्याण्डबाट शुरुआत गर्दैछ । त्यसपछि समूह ‘डी’ मा रहेको अर्जेन्टिनाले क्रोएशिया र नाइजेरियाको सामना गर्नु पर्नेछ ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन