मेस्सीले भने: मेरो भविष्य विश्वकपमा टीमको प्रदर्शनमा निर्भर रहनेछ

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले आफ्नो अन्तर्राष्ट्रिय भविष्य रुसमा हुन लागेको विश्वकपमा देशको प्रदर्शनमा निर्भर हुने बताएका छन् । मेस्सीले स्पेनमा पत्रकारहरुसँग भने, ‘हामी कति माथि जान्छौं या हामीले विश्वकपलाई कसरी अन्त्य गर्छौं त्यसले मेरो भविष्य निर्धारण गर्छ ।’

messi

बार्सिलोनाका यस फरवार्डले भने, ‘हामीले लगातार तीन फाइनल गुमाइसकेका छौं । जसकारण मीडियाका साथै हामीले केही मुश्किल परिस्थितिको सामना गर्नु परेको छ ।’अर्जेन्टिनाले सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीविरुद्ध अतिरिक्त समयमा खाएको गोल नै निर्णायक बन्यो । र, उपाधि गुमायो । त्यसपछि अर्जेन्टिनाले सन् २०१५ र सन् २०१६ को कोपा अमेरिकामा चिलीविरुद्ध पेनाल्टी शूटआउटमा हारको सामना गर्नुपर्‍यो ।

मेस्सीका अनुसार स्पेन, ब्राजिल, जर्मनी, फ्रान्स र बेल्जियम विश्वकपका प्रबल दाबेदार हुन् । अर्जेन्टिनाले विश्वकपमा शनिबार मस्कोमा आइसल्याण्डबाट शुरुआत गर्दैछ । त्यसपछि समूह ‘डी’ मा रहेको अर्जेन्टिनाले क्रोएशिया र नाइजेरियाको सामना गर्नु पर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष