एजेन्सी, २७ जेठ : विश्वकपमा खेलाडीहरु जति महत्वपूर्ण हुन्छन् त्यति नै प्रशिक्षक पनि हुन्छन् । कुन खेलाडीलाई कसरी प्रयोग गरी खेल आफ्नो पक्षमा पार्ने भन्ने योजना प्रशिक्षकको हुन्छ । त्यसैले प्रशिक्षकको पनि खेल बजारमा राम्रै चर्चा हुने गरेको छ ।

यसैबीच सबैभन्दा बढी पारिश्रमिक लिने प्रशिक्षक जर्मनी योचिम लो हुन् । उनले वार्षिक ३८ लाख ५० हजार युरो कमाउँछन् । त्यस्तै सबैभन्दा कम पारिश्रमिक सेनेगलका प्रशिक्षक अलिउ सिसेले लिन्छन् । उनले मात्र २ लाख युरो पारिश्रमिक लिन्छन् ।
चर्चामा रहेका अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पोलीको पारिश्रमिक १८ लाख युरो छ भने ब्राजिलका टिटेको ३५ लाख युरो छ । त्यस्तै यसपटकको आयोजक राष्ट्र रसियाको प्रशिक्षक स्तानिस्लाभ चेर्चेसोभको पारिश्रमिक २६ लाख युरो छ ।
स्पेनका जुलेन लोपेटेगुईले ३० लाख युरो कमाउँदा पोर्चुगलका फर्नाण्डो सान्तोसले २२ लाख ५० युरो कमाउँछन् । उरुग्वेका प्रशिक्षक ओस्कार टाबारेजको वार्षिक पारिश्रमिक १७ लाख युरो रहेको छ भने इंग्ल्याण्डका प्रशिक्षक जर्ज साउथगेटको २० लाख युरो छ ।
फ्रान्सका प्रशिक्षक डिडियर डेसक्याम्प्स पनि महंगा मानिन्छन् । उनको पारिश्रमिक ३५ लाख युरो छ । इरानका प्रशिक्षक कार्लोस क्वेरोजको पारश्रमिक २० लाख युरो छ ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन