एक खेलाडीको भरमा ब्राजिलले विश्वकप जित्दैन : खेलाडी पेले

महान खेलाडी पेलेले ब्राजिलको टिमको विश्वकपमा उपस्थितिबारे चिन्ता व्यक्त गरेका छन् । पेलेले पछिल्लो समय ब्राजिलको फुटबल टोली नेयमारमा अडिएको भन्दै ब्राजिलको विश्वकप दरिलो उपस्थितिप्रति शंका व्यक्त गरेका हुन् ।

725542304pele-pic

१४ जुनदेखि १५ जुलाईसम्म रसियामा हुने विश्वकपमा ब्राजिलसँग राम्रो टिम नभएको पेलेको भनाइ छ । दुई वर्षअघिदेखि टिटेको नेतृत्वमा ब्राजिलले खराब प्रदर्शन गरेको र पछिल्ला मैत्रीपूर्ण खेलमा ब्राजिलको टिममा निकै धेरै फेरबदल भएको पेलेको भनाइ छ । 

विश्वकपको पूर्वसन्ध्यामा पेलेले भनेका छन्, “मलाई टिटेमाथि पूरा भरोसा छ । तर, मेरो चिन्ता छ– विश्वकप शुरु हुन केही दिनमात्र बाँकी हुँदा ब्राजिलसँग राम्रो टिम छैन । व्यक्तिगत रुपमा भन्दा सबै खेलाडी उत्कृष्ट छन् तर, ब्राजिलसँग उत्कृष्ट टिम छैन ।”

केही दिन अगाडि क्रोसियासँग भएको मैत्रीपूर्ण खेलमा ब्राजिल २—० गोलले पराजित गर्दा नेयमारले पनि गोल गरेका थिए । नेयमारले उत्कृष्ट पुनरागमन गरेको भन्दै पेलेले भने, “नेयमार विश्वका सर्वोत्कृष्ट फुटबलरमध्येका एक हुन् र उनीसँग अनुभव पनि छ । रसियामा हुने विश्वकपमा ब्राजिललाई माथिल्लो तहसम्म पुर्याउन सक्ने पनि नेयमार नै हुन् । तर, विश्वकप एक जनाले जिताउन सक्दैनन्, यो पूरा टिमको खेल हो ।”

विश्वकपको समूह ‘ई’ मा रहेको ब्राजिलसँगै यो समूहमा स्वीट्जरल्याण्ड, कोस्टारिका र सर्बिया रहेका छन् । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

एकताका लागि सक्रिय नारायणकाजी, उपेन्द्र यादवसँग भेट

काठमाडौँ, साउन २६ — नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

यस्ता छन् प्रधानमन्त्रीको सचिवहरूलाई २६ बुँदे निर्देशन

साउन १५,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई बिमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दुध र