न्यूयोर्क टाइम्सको खुलासासँगै फेसबुकलाई झट्का

 क्याम्ब्रिज एनालाइटिकाले तथ्यांक चोरी गरेर कमजोर सुरक्षा प्रणालीको विवादमा फसेको फेसबुकलाई तब ठूलो झट्का लाग्यो जब ‘न्यूयोर्क टाइम्स’ अखबारले फेसबुकले स्मार्टफोन निर्माता ६० वटा कम्पनीलाई आफ्नो तथ्यांक दिएको खुलासा गर्‍यो । अहिले फेसबुकले आफूले तथ्यांक उपलब्ध गराएको ६० कम्पनीमध्ये चार कम्पनी चीनको रहेको भनेर बयान दिएर अझ बढी विवादमा तान्यो आफुलाई ।

ती चार कम्पनीमध्ये चीनको दुरसञ्चार उपकरण कम्पनी ‘हुआवे’ पनि रहेको छ । हुआवेलाई यस अघि नै अमेरिकी गुप्तर निकाय सिआइएले चिनियाँ सरकारको जासूस भन्दै आफ्नो देशबाट प्रतिबन्ध लगाइसकेको छ । फेसबुकले आफ्ना प्रयोगकर्ताहरुको तथ्यांक दिएको अन्य कम्पनीहरुमा लेनेभो, ओप्पो र टीसीएल रहेका छन् । फेसबुकले चीनका चार कम्पनीहरुसँग डाटा शेयरिङबारे भएको सम्झौता जारी रहने बताएको छ ।

न्यूयोर्क टाइम्स अखबारको रिपोर्ट अनुसार फेसबुकले तथ्यांक शेयर गरेका अन्य ६० कम्पनीहरुमा अमेजन, एप्पल, ब्लैकबेरी र सामसुङजस्ता कम्पनीहरु पनि रहेका छन् । फेसबुकले तथ्यांक शेयर गरेका चार चिनियाँ कम्पनीमध्ये लेनेभो कम्प्युटर निर्माता कम्पनी हो भने अन्य तीन कम्पनी स्मार्टफोन निर्माता कम्पनी हो । पछिल्लो वर्ष यी चार कम्पनीले फेसबुकलाई चीनमा फोटो शेयरिङ एप जारी गर्न पनि सहयोग दिएको थियो । फेसबुकले हुआवेको अलावा अन्य तीन कम्पनीहरुसँग चाँढै नै सम्झौता अन्त्य गर्ने बताएको छ ।

चीनका चारैवटा कम्पनीले फेसबुकसँग तथ्यांक उपलब्ध गराएको सट्टामा आफ्ना उत्पादित उपकरणहरुमा फेसबुक डाटा चलाउन सकिने बनाउने समझदारी भएको थियो । यसबाहेक सम्झौतामा ती चारैवटा कम्पनीहरुले आफ्नो लोकप्रिय फिचरमा फेसबुकको पहुँच बढाउनु थियो ।

हुआवेमाथि विवाद उत्पन्न भएको एक हप्तामै फेसबुकले हुआवेसँग सम्झौता फिर्ता लिने बताएको थियो र सफाइमा उसले आफ्नो तथ्यांक हुआवेको सर्भरमा नभएर फोनमा मात्र रहने बताएको थियो ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सूचीकरणमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

सामाजिक सञ्जाल कानुनी दायरामा ल्याइनुपर्छ : प्रधानमन्त्री ओली

ललितपुर, साउन ३० गते (रासस) — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक

सरकारले राष्ट्रिय एआई नीति–२०८२ स्वीकृत गर्‍यो

काठमाडौँ, साउन २९ — सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति–२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड