ब्रेकअपपछि आलियाको बुवासँग सिद्धार्थले गरे ‘आशिकी’को लागि याचना

एजेन्सी, २१ जेठ । सिद्धार्थ मल्होत्रासँगको ब्रेकअपपछि रणबीर कपुरसँग रोमान्समा डुबेकी आलियाको पछिल्लो फिल्म ‘राजी’ हिट भएसँगै उनको करियरले दिनदिनै सफलताको उचाई चुम्दैछ । तर अर्कोतर्फ उनका पूर्व प्रेमी सिद्धार्थ मल्होत्रा भने आफ्नो फ्लप करियरलाई माथि उठाउनका लागि आफ्नो आत्म सम्मानलाई पनि दाउमा राख्न तल्लीन छन् ।

bollyhood-2-768x432

भारतीय सञ्चारमाध्यमहरुका अनुसार सिद्धार्थले आफ्नो करियरलाई सुधार्नका निम्ति पूर्व प्रेमिका आलियका बुवा महेश भट्ट र काका मुकेश भट्टसँग सहयोग मागेका छन् । उनले भट्ट परिवारसँग उनीहरुको अपकमिङ फिल्म ‘आशिकी ३’ मा आफ्नो लागि लीड हिरोको भुमिका मागेका छन् ।

वास्तवमा आलिया र सिद्धार्थ सम्बन्धमा रहँदा भट्ट परिवारले त्यो जोडीलाई लिएर आशिकी फिल्मको तेस्रो सिक्वेल निर्माण गर्ने इच्छा व्यक्त गरेको थियो तर जोडीको ब्रेकअप भयो । पछि फिल्ममा सिद्धार्थलाई नलिने खबर बाहिर आएको थियो ।

तर अहिले आएर सिद्धार्थको करियरका लागि त्योे फिल्म आवश्यक बनेको छ । उनले त्यसका लागि भट्ट परिवारसँग याचना गरेका छन् । तर यदि आलियाले उनीसँग फिल्म गर्न चाहिनन् भने के भट्ट परिवारले सिद्धार्थमाथि दया बर्षाउलान् त ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको