चपाएर खाँदा यत्तिधेरै फाइदा !

SHOULD-WE-REALLY-CHEW-OUR-FOOD-32-TIMES-BEFORE-SWALLOWING-5पाचनक्रिया सहज :

खानालाई राम्रोसंग पचपाएर खाने बानी गर्नाले पाचनक्रिया मजबुत हुन्छ । चपाएर खाना नखाँदा आमाशय, आन्द्रालाई खाना पचाउन धेरै कठिन हुन्छ फलस्वरूप पाचन क्षमता कमजोर हुन पुग्दछ । हामीलाई ग्यास्ट्रिक रोग लाग्ने धेरै कारणमध्ये राम्रोसँग नचपाएर खानु पनि एक हो । राम्रोसँग चपाएर कम भोजन गर्ने, वेलावेलामा उपवास बस्ने गर्दा पनि पाचन क्षमता बढ्छ ।

मस्तिष्कको कसरत :

अहिलेसम्म कुनै मस्तिष्कको कसरत गर्ने खास विधि पत्ता लागेको छैन । मस्तिष्कलाई कसरत गर्ने एउटै मात्र प्राकृतिक तरिका राम्रोसँग चपाउनु हो । हामीले खाना खाँदा दाँतले चपाउनुपर्ने हुन्छ । उक्त वेला मस्तिष्कको राम्रो कसरत हुन्छ । किनकि दाँतसँग मस्तिष्कको नसाको सम्बन्ध हुन्छ । मस्तिष्कले हाम्रो सम्पूर्ण शरीरलाई सन्तुलन गरी स्वस्थ बनाउने हुँदा मस्तिष्कको ख्याल राख्न अत्यन्त जरुरी छ ।

दाँत बलियो :

अहिलेका मानिसको दाँत कमजोर हुने र दाँतसम्बन्धी थुप्रै समस्या भएको पाइएको छ । दाँतलाई चपाउन जति प्रयोग गर्छौं त्यति नै अनुपातमा दाँत बलियो हुन्छ । त्यसैले खाना खाँदा हतार नगरी बिस्तारै चपाएर खाने गरेमा दाँतको समस्याबाट मुक्ति सम्भव छ । गाँउघरमा मकै, भटमास बढी खाने हुँदा वृद्धावस्थासम्म पनि दाँत कमजोर भएको पाइँदैन । तर, सहरमा न राम्रोसँग चपाउन फुर्सद छ, न त स्वास्थ्यबद्र्धक भोजन नै । त्यसैले त धेरैमा दाँतको समस्या हुने गरेको पाइएको छ ।

रिस नियन्त्रण :

हामीमध्ये धेरै रिस उठ्नेबित्तिकै दाँत किट्ने गर्दछौँ । हाम्रो दाँतको तल्लो भागमा रिसको प्रतिबिम्बबिन्दुहरू हुन्छ । हामीले चपाएर खाना खाँदा दाँतमा रहेको उक्त बिन्दुहरूमा मालिस भएर रिस, तनाव विसर्जन हुन सहयोग गर्दछ । कुकुरको जीवनशैलीलाई हेर्ने हो भने कुकुरले हड्डीलाई चपाएर, टोकेर आफ्नो रिसलाई विसर्जन गरिरहेको हुन्छ । कुकुरले दाँतको बढी प्रयोग गर्ने हुँदा कुकुरको दाँत कमजोर हुँदैन ।

मोटोपन नियन्त्रण :

हामीले खाने खानाबाट नै बोसो बन्छ । शरीरमा बोसोको मात्रा बढ्दै गएपछि शरीरमा मोटोपन पनि बढ्दछ । हामीले राम्रोसँग नचपाएर खाना खाँदा उक्त खाना ऊर्जामान भएर बोसोमा रूपान्तरण हुन पुग्दछ । त्यसैले अहिले कसरत गरेर मात्र तौल कम नभएको कारण पनि यही हो । छिटो तौल कम गर्ने नाममा अत्यन्त कम खाने, आवश्यकभन्दा बढी कसरत गर्नुले पनि शरीरलाई फाइदाभन्दा बढी नोक्सान पुर्‍याउन सक्छ । खाना कम गर्नुभन्दा चपाएर खाने गरेमा अनावश्यक मोटोपन पनि बढ्दैन र कम खाए पनि ऊर्जा पर्याप्त बन्दछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति

चिकित्सकले अब औषधीको ब्रान्ड नाम लेख्न नपाउने

काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या