विश्वका एक दर्जन बढी देशका कम्युनिस्ट नेताहरु काठमाडौंमा भेला हुने भएका छन् । महान दार्शनिक कार्ल माक्र्सको द्धिशतवार्षिर्की अन्तर्राष्ट्रिय सम्मेलन कमिटीको आयोजनामा विश्वभरका कम्युनिस्ट पार्टीका नेताहरु नेपाल आउन लागेका हुन् ।
कार्ल माक्र्स जन्मिएको २ सय वर्ष पुगेको तथा कम्युनिस्ट घोषणापत्र लेखिएको १७० वर्ष पुगेको उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्टी र नेकपा मसालले सो सम्मेलन आयोजना गर्न लागेका हुन् । जेठ १६ र १७ गते काठमाडौंमा हुने सम्मेलनमा १२ देशका कम्युनिस्ट पार्टीले भाग लिँदैछन् ।
सम्मेलनमा चीन, भियतनाम, उत्तर कोरिया र लाओसका सत्तारुढ कम्युनिस्ट पार्टीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक माधवकुमार नेपालले जानकारी दिए । यसका साथै अष्ट्रेलिया, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका , रसिया, भारत, जापान लगायतका देशका कम्युनिस्ट पार्टीका नेता सम्मेलनमा सहभागी हुनेछन् ।
नेपालको सत्तारुढ कम्युनिस्ट पार्टी नै सम्मेलनका आयोजक रहेको सम्मेलनमा एशियाका सबै सत्तारुढ कम्युनिस्ट पार्टीका नेता सहभागी हुँदैछन् ।
एसियामा चीन, उत्तर कोरिया, भियतनाम र लावसमा कम्युनिस्ट शासन छ । पछिल्लो पटक नेपालमा कम्युनिस्ट पार्टीको करीव २ तिहाई शक्ति सहितको शासन सन्चालन भइरहेको छ ।
कम्युनिस्टहरुको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । सम्मेलनमा प्रत्येक देशका कम्युनिस्ट पार्टीका नेताले आआफ्नो देशका अनुभव आदान प्रदान गर्नेछन् ।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे