चेन्नईलाई आइपिएल उपाधि, हैदराबाद पराजित

मुम्बई (एजेन्सी)– चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) उपाधि जितेको छ । सनराइजर्स हैदराबादलाई आइतबार ८ विकेटले हराउँदै चेन्नई च्याम्पियन बनेको हो ।


१ सय ७९ रनको लक्ष्य पछ्याएको चेन्नईले सेन वाट्सनको अविजित शतकसँगै चेन्नाईले १८.३ ओभरमा २ विकेट गुमाएर १ सय ८२ रन जोडेको थियो । वाट्सन र सुरेश रैनाले दोस्रो विकेटका लागि १ सय १७ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए ।

वाट्सनले ५७ अबल खेल्दै ११ चौका र ८ छक्काको मद्दतमा १ सय १७ रनको महत्वपूर्ण योगदान गरेका थिए । यो सिजन वाट्सनको यो दोस्रो शतक हो । रैनाले ३४ बलमा ३ चौका र १ छक्कासहित ३२ रन जोडे । अम्बाटी रायडु १६ रनमा अविजित रहँदा अर्का ओपनर फा डु प्लिसिसले १० रन बनाए । हैदराबादका लागि सन्दीप शर्मा र कालोर्सस बर्थवाइटले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले नियमित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको छ । ओपनर श्रीवत्स गोस्वामी ५ रनमै आउट भए पनि अनुभवी ब्याट्सम्यानद्वय शिखर धवन ९२६ रन्० र केन विलियमसन (४७ रन) ले पारी सम्हालेका थिए ।

विलियमसनले आफ्नो ३६ बलको पारीमा दुई छक्का र पाँच चौका प्रहार गरेका थिए । मिडल अर्डरमा शकिब अल हसनले १५ बलमा २३ रन बनाए । अन्त्यमा युसुफ पठानले २५ बलमा ४५ रन बनाउँदै हैदराबादलाई प्रतिस्पर्धात्मक लक्ष्यतर्फ र्पुयाए ।

कार्लोस ब्रेथवेटले ११ बलमा छ रन जोडे भने दिपक हुडा ३ रनमा आउट भएका थिए । चेन्नाईका लागि लुङी एन्गिडीले किफायती बलिङ गर्दै १ विकेट लिए भने कर्न शर्मा, ड्वेन ब्राभो र रविन्द्र जडेजाले पनि समान १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकताकै डाटाबाट राष्ट्रिय परिचयपत्र, अब छुट्टै फाराम भर्नु नपर्ने

चैत ९,काठमाडौँ। राष्ट्रिय परिचयपत्र बनाउँदा अब नागरिकले छुट्टै आवेदन फाराम (प्रि–इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत