च्याम्पियन्स लिग फाइनल: रियल म्याड्रिडद्वारा लिभरपुल ३-१ ले पराजित

किभ (एजेन्सी) – लिभरपुलका गोलकिपर लोरिस क्यारियसको दुई गल्तीमा दुई गोल गरेपछि रियल म्याड्रिडले लिभरपुललाई च्याम्पियन्स लिगको फाइनलमा ३-१ ले पराजित गर्यो। रियलको यो लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि हो। 

bale goal

दोस्रो हाफमा मैदान प्रवेश गरेका बेलले दुई गोल गरे।

पहिलो हाफमा लिभरपुलले मुख्य खेलाडी मोहम्मद सलाहलाई गुमाउनु पर्यो। सर्जियो रामोससँग जुदेपछि सलाहले काधमा चोट बोक्दै ३० औं मिनेटमा मैदान छाडे। विश्व कप नजिकिंदै गर्दा इन्जिप्टका स्ट्राइकर सलाहले बाहिरिने क्रममा आँशु थाम्न सकेनन।

पहिलो हाफमा ४२ औं मिनेटमा बेन्जेमाले गोल गरेपनि रेफ्रीले अफसाइड दिँदै उक्त गोललाई मान्यता दिएनन्। रोनाल्डोको हेडर लाई लिभरपुलक गोलकिपर क्यारिसले रोकेपछि रिबाउन्डमा बेन्जेमाको प्रहार अफसाइड भयो।  खेलको ३६ औं मिनेटमा रियलका फुल ब्याक ड्यानी कार्बाहाल पनि चोट बोक्दै बाहिरी। उनले पनि आँशु थाम्न सकेनन्।

पहिलो हाफ बराबरी भएपछि दोस्रो हाफमा लिभरपुल गोलकिपर क्यारियसको असाधारण गल्तीमा पछि पर्यो। क्यारियसले हातले पास दिने क्रममा बेन्जेमाले उनको पासलाई ब्लक गर्ने क्रममा ५० औं capture-20180502-075723मिनेटमा अनौठो गोलमार्फत गोल दिलाए।

लिभरपुलले कर्नरमार्फत ५५ औं मिनेटमा बराबरी गर्यो। लोभ्रेनले हेड गरेपछि पाएको बललाई मानेले गोलमा परिणत गरे। दोस्रो हाफमा इसकोको स्थानमा मैदान प्रवेश गरेका ग्यारेथ बेलले ६३ औं मिनेटमा उत्कृष्ट गोल गर्दै रियललाई अग्रता दिलाए।

लिभरपुलका लागि मानेले ७० औं मिनेटमा गोल गर्ने प्रयास गरेपनि उनको प्रहार फार पोस्टमा लाग्दै बाहिरियो। लिभरपुलले पुनः क्यारियासको गल्तीमा ८३ औं मिनेटमा अर्को गोलको सामना गर्यो। बेलले करिब ३५ मिनेटमा गरेको प्रहारलाई क्यारियसले हातबाट फुत्काएपछि रियलको जित निश्चित भयो।

salah

सलाहले चोट बोक्दै पहिलो हाफमा मैदान छाड्न पर्यो।

Karisu

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र