च्याम्पियन्स लिग फाइनल: रियल म्याड्रिडद्वारा लिभरपुल ३-१ ले पराजित

किभ (एजेन्सी) – लिभरपुलका गोलकिपर लोरिस क्यारियसको दुई गल्तीमा दुई गोल गरेपछि रियल म्याड्रिडले लिभरपुललाई च्याम्पियन्स लिगको फाइनलमा ३-१ ले पराजित गर्यो। रियलको यो लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि हो। 

bale goal

दोस्रो हाफमा मैदान प्रवेश गरेका बेलले दुई गोल गरे।

पहिलो हाफमा लिभरपुलले मुख्य खेलाडी मोहम्मद सलाहलाई गुमाउनु पर्यो। सर्जियो रामोससँग जुदेपछि सलाहले काधमा चोट बोक्दै ३० औं मिनेटमा मैदान छाडे। विश्व कप नजिकिंदै गर्दा इन्जिप्टका स्ट्राइकर सलाहले बाहिरिने क्रममा आँशु थाम्न सकेनन।

पहिलो हाफमा ४२ औं मिनेटमा बेन्जेमाले गोल गरेपनि रेफ्रीले अफसाइड दिँदै उक्त गोललाई मान्यता दिएनन्। रोनाल्डोको हेडर लाई लिभरपुलक गोलकिपर क्यारिसले रोकेपछि रिबाउन्डमा बेन्जेमाको प्रहार अफसाइड भयो।  खेलको ३६ औं मिनेटमा रियलका फुल ब्याक ड्यानी कार्बाहाल पनि चोट बोक्दै बाहिरी। उनले पनि आँशु थाम्न सकेनन्।

पहिलो हाफ बराबरी भएपछि दोस्रो हाफमा लिभरपुल गोलकिपर क्यारियसको असाधारण गल्तीमा पछि पर्यो। क्यारियसले हातले पास दिने क्रममा बेन्जेमाले उनको पासलाई ब्लक गर्ने क्रममा ५० औं capture-20180502-075723मिनेटमा अनौठो गोलमार्फत गोल दिलाए।

लिभरपुलले कर्नरमार्फत ५५ औं मिनेटमा बराबरी गर्यो। लोभ्रेनले हेड गरेपछि पाएको बललाई मानेले गोलमा परिणत गरे। दोस्रो हाफमा इसकोको स्थानमा मैदान प्रवेश गरेका ग्यारेथ बेलले ६३ औं मिनेटमा उत्कृष्ट गोल गर्दै रियललाई अग्रता दिलाए।

लिभरपुलका लागि मानेले ७० औं मिनेटमा गोल गर्ने प्रयास गरेपनि उनको प्रहार फार पोस्टमा लाग्दै बाहिरियो। लिभरपुलले पुनः क्यारियासको गल्तीमा ८३ औं मिनेटमा अर्को गोलको सामना गर्यो। बेलले करिब ३५ मिनेटमा गरेको प्रहारलाई क्यारियसले हातबाट फुत्काएपछि रियलको जित निश्चित भयो।

salah

सलाहले चोट बोक्दै पहिलो हाफमा मैदान छाड्न पर्यो।

Karisu

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति