‘मग मगन’ गीतको भिडियो ट्रेन्डिङ नम्बर १ मा (भिडीयो)

दीपक बज्राचार्यको नयाँ गीत ‘मन मगन’ अहिले निकै चर्चामा रहेको छ। सांस्कृतिक झाँकीको बाहुल्य रहेको छ यस भिडियोमा ।

मन मगन गीतलाई रिकी शाक्यले लेखेका छन् भने कम्पोज चाहिँ रिकी र दीपक दुवै मिलेर गरेका छन् । चेरिसा बज्राचार्यद्वारा परिकल्पना गरिएको भिडियोमा अनिल मानन्धरको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

उक्त गीत रिलिज गरिएको छोटो समयमा नै दर्शक श्रोताको निकै राम्रो साथ पाएको छ । गीत लामो समयसम्म युट्युबको ट्रेन्डिङमा पनि परेको थियो।

छोटो समयमा नै गीतले राम्रो सफलता पाएपछि यस गीतको कभर भिडियो पनि बनेका छन् साथै कभर भिडियो बनाउने  प्रतिस्पर्धा पनि शुरु गरिएको छ जसमा पहिलो, दोस्रो र तेस्रो प्रतिस्पर्धिलाई पुरस्कारको पनि व्यवस्था गरिएको छ।

त्यस्तै यस गीतको एक कभर भिडियोमा चर्चित नायक दिलिप रायमाझीलाई पनि फिचर गरिएको छ। भाइव एण्ड वेभ डान्स स्टुडियो मार्फत बनाएको कभर भिडियोमा दिलिपलाई पनि फिचर गरिएको हो।

राहुल शाहले निर्देशन, कोरियोग्राफी गरेको यस कभर भिडियोमा पवन सुस्लिङले सम्पादन तथा छाँयाङकन गरेको छन् । अहिले यो कभर गीत निकै चलेको छ भने भिडियो युट्युबको पहिलो नम्बर (ट्रेन्डिङ)मा पर्न सफल भएको छ।

यस भिडियोलाई थुप्रैले मनपराएका छन् भने राम्रा राम्रा कमेन्टहरू पनि आएका छन्। यो रिपोर्ट तयार पार्दासम्ममा यस कभर भिडियोलाई ६ लाख ७७ हजार ५२७ जनाले हेरिसकेका छन् भने २३ हजारले मनपराएको जनाएको छ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको