सरकारको नीति तथा कार्यक्रम छ्यासमिसे र हावादारी भएको देउवाको टिप्पणी

नेपाली कांग्रेसले योजना र कार्यक्रम विनाको सपना बाँडेर कर्मकाण्डी काम गर्ने छुट नरहेको भन्दै सरकारलाई आफ्ना नीति तथा कार्यक्रममा स्पष्ट हुन सुझाव दिएको छ।बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रम छ्यासमिसे र हावादारी भएको टिप्पणी गरेका हुन्।

उनले अहिले सासन चलाउने मौका मिलेकाले सरकारलाई शासन चलाउने विषय हल्का रुपमा नलिई छ्यासमिसे र हावादारी कुरा नगर्न चेतावनी दिए। सरकारको नीति तथा कार्यक्रममा राजनीतिक आन्दोलनका उपलब्धिलाई नजर अन्दाज गर्दै सपना बाड्ने मात्रै काम भएको आरोप उनले लगाए। 

उने भने,  ‘खै त सरकारले गर्ने आगामी वर्षको कार्यक्रम? अर्को वर्ष यस सम्मानित  सदन फेरि बस्दा के को आधारमा मूल्यांकन गर्ने? जवाफदेहीताको कसी र मापदण्ड के हो? एक वर्षमा यति गर्नेछु भनेर लेखिएको कहीँ पाइएको छैन। यहाँ लक्ष्य छ, तर स्पष्टसँग लेखिएको कार्यक्रम छैन्। योजना र कार्यक्रमविनाको सपना केवल मनोकामना मात्रै हो। सरकारलाई कर्मकाण्डी बन्ने छुट छैन।’

आफूलाई बलियो मान्ने सरकारले आर्थिक, सामाजिक सुधारका लागि ठूला ठूला जोखिम मोल्नुपर्ने भएपनि त्यसको संकेत नीति तथा कार्यक्रममा नआएको भन्दै उनले दिशाहीन र छरपस्ट सिद्धान्त र नीतिको पोकोले वर्तमान अवस्थामा देशले चाहेको वृहत लगानी र  व्यापक रोजगारी श्रृजना गर्ने कुरा दिवा सपनामा मात्रै सीमित हुने टिप्पणी गरे। 

नीति तथा कार्यक्रममा सरकारको श्रृजना, सिलसिला र दूरदृष्टि नदेखिएको भन्दै उनले ऐतिहासिक अवसर त्यसै खेर जाने हो कि भन्ने चिन्ता आफूहरुमा रहेको बताए। संघीयतालाई सफल रुपमा कार्यान्वय गरी सिंहदरबारको अधिकार गाउँ गाँउसम्म पुर्याई जनतालाई शसक्त र सम्पन्न गराउनु वर्तमान आवश्यकता भएपनि सरकारको नीति तथा कार्यक्रममा संघीयताको कानुनी र प्रशासनिक संरचनालाई मात्रै क्रियाशिल बनाउने बाहेक स्थानीय सरकारलाई बलियो बनाउने योजना नरहेको दाबी गरे। उनले प्रदेश र स्थानीय तहलाई निष्प्रभावी बनाउने कुरा कांग्रेसलाई मान्य नहुने चेतावनी दिए। 

नीति तथा कार्यक्रममा सरकारले तोकेको लक्ष्य पूरा हुने विश्वसनीय आधार नभएको भन्दै उनले शासन संचालन गर्ने विषयलाई हल्कारुपमा नलिन सचेत गराए। फरक प्रसंगमा उनले नेपाली जनता सबै राष्ट्रवादी भएकोले राष्ट्रवादको पाठ पढाउन आवश्यक नरहेको टिप्पणी गरे। 

आफूले ऐतिहासिक निर्वाचन सम्पन्न गराई नेपालको संविधानलाई सफल कार्यान्वयन र राजनीतिक स्थिरतामा मुलुकलाई पुर्याएको भन्दै उनले सरकारले मुलुकको अनुकुल अवस्थालाई सदुपयोग गर्न नसकेको बताए। 

२०४६ सालको राजनीतिक परिर्वतनपछि बनेको नेपाली कांग्रेसको सरकारले आर्थिक क्षेत्रमा शाहसिक र दूरगामी असर पार्ने क्रान्तिकारी काम गरेको भन्दै उनले अर्थतन्त्रमा व्यापक संरचनात्मक सुधार गरी उदारवाद अर्थतन्त्रको जग बसाल्ने श्रेय पनि कांगे्रसलाई नै रहेको बताए।

तात्कालीन समयमा कांग्रेस नेतृत्वको सरकारले विकास निर्माणको अभियान गाउँ गाउँसम्म पुर्याएको र त्यही कारणले गर्दा शसस्त्र द्वन्द्व र राजनीतिक अस्थिरताकाबीच पनि यो अवधिमा मुलुकमा आर्थिक क्षेत्रमा ठुला उपलब्धि हासिल भएको दाबी उनले गरे। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बडादसैँ आजदेखि सुरु, घरघरमा घटस्थापना

काठमाडौँ, असोज ६ ।हिन्दूहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल

पदाधिकारी बैठकमा प्रचण्डको ४ बुँदे प्रस्ताव : पार्टी पुनर्गठन र विशेष महाधिवेशनको तयारी

काठमाडौँ, असोज ६ ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनर्गठनसहित ४ बुँदे

सूचीकरणमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका

एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि ललितपुरमा सम्पन्न हुँदै

काठमाडौँ, भदौ १८ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन यही भदौ २० देखि

प्रचण्डमाथि जनार्दनको आक्रोश : कसैले काँध छोड्दैमा पृथ्वी ढल्दैन

भदौ ८, २०८२ | काठमाडौं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन