हैदराबादलाई हराउँदै चेन्नई आइपिएल फाइनलमा

मुम्बई (एजेन्सी)– चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ । क्वालिफायर्समा सनराइजर्स हैदराबादलाई मंगलबार २ विकेटले हराउँदै चेन्नईले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो ।

हैदराबादले प्रस्तुत गरेको १ सय ४० रनको लक्ष्य पछ्याएको चेन्नईले १९.१ ओभरमा ८ विकेट गुमाएर आवश्यक रन जोडेको थियो । टोलीका लागि फाफ डु प्लेसिसले अविजित अर्धशतक पुरा गरेका थिए । ४२ बल खेलेका डु प्लेसिसले ५ चौका र ४ छक्का प्रहार गरे ।  सुरेश रैनाले २२, सर्दुल ठाुकरले ५ बलमा ३ चौकासहित १५ र दीपक चाहारले १० रन बनाए अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अम्बाटी रायडु शून्यमा आउट भए भने कप्तान महेन्द्रसिंह धोनी ९, ड्वान ब्राभो ७, रविन्द्र जडेजा ३ रनमा आउट भएका थिए । हैदराबादका सन्दीप शर्मा, सिद्धार्थ काउल र रसिद खानले समान २ विकेट र भुवनेश्वर कुमारले १ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको हैदाराबादले कार्लोस ब्रेथवेटको अविजित ४३ रनका साथ निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो । २९ बल खेलेका कार्लोसले १ चौका र ४ छक्का प्रहार गरेका थिए ।

कप्तान केन विलियम्सन र युसुफ पठानले समान २४, श्रीभाट्स ग्वस्वामी र सकिब अल हसनले समान १२ रन जोडेका थिए । चेन्नईका लागि ड्वान ब्राभोले २, दीपक चाहार, लुङ्गी एनगिदी, सर्दुल ठाकुर र रविन्द्र जडेजाले समान १ विकेट लिएका थिए ।

आइपिएलको एलिभिनेटरमा बुधबार कोलकाता नाइट राइजर्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । त्यो खेलको विजेताले शुक्रबार फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर्समा हैदाराबादको सामना गर्नेछ । फाइनल आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र