सुन तस्करीमा गाेरे समुहले यसरी सनमलार्इ मारेकाे खुलासा (भिडियाे)

साढे ३३ केजी सुन हराएपछि चुडामणि उप्रेती ‘गोरे’सहितको समूहले तस्करीमा संलग्नहरुलाई यातना दिएको भिडियो सार्वजनिक भएकाे छ । सुन तस्करीको मुद्दामा जिल्ला अदालत मोरङमा बहस जारी छ ।

गत वैशाख ३० गते थुनछेक बहसका क्रममा भिडियो देखाउन खोजिए पनि अभियुक्त पक्षका कानुन व्यवसायीहरुले विरोध गरेपछि भिडियो रोकिएको थियो ।, अहिले विभिन्न सञ्चार माध्यमबाट भिडियाे सार्वजनिक भएकाे छ ।

भिडियोमा गोरे समूहले उर्लाबारी, धरान लगायत विभिन्न ठाउँमा यातना दिएको देखिन्छ । भिडियोमा गोरेले सनम शाक्य लगायतलाई करेन्ट लगाएको यातना दिएको देखिन्छ । उर्लाबारी नगरपालिका–१, कान्छीचौकदेखि उत्तरतर्फ तीन किलोमिटर भित्रको घना जंगलमा सनम शाक्य लगायतलाई यातना दिइएको थियो ।

गत वैशाख ३० गते थुनछेक बहसका क्रममा भिडियो देखाउन खोजिए पनि अभियुक्त पक्षका कानुन व्यवसायीहरुले विरोध गरेपछि भिडियो रोकिएको थियो ।, अहिले विभिन्न सञ्चार माध्यमबाट भिडियाे सार्वजनिक भएकाे छ ।

भिडियोमा गोरे समूहले उर्लाबारी, धरान लगायत विभिन्न ठाउँमा यातना दिएको देखिन्छ । भिडियोमा गोरेले सनम शाक्य लगायतलाई करेन्ट लगाएको यातना दिएको देखिन्छ । उर्लाबारी नगरपालिका–१, कान्छीचौकदेखि उत्तरतर्फ तीन किलोमिटर भित्रको घना जंगलमा सनम शाक्य लगायतलाई यातना दिइएको थियो ।

भिडियाेमा गाेरे समुहले तीन जनालाई हातखुट्टा बाँधेर भुइँमा लडाएपछि ब्याट्री र तार प्रयोग गरेर करेन्ट लगाइएको देख्न सकिन्छ । गोरे समूहका मोहन काफ्लेले कुटपिट गर्दै ‘सुन कहाँ छ भन्छस भने भन् नत्र यही पेट्रोल समेत खन्याई जलाएर मारिदिन्छु’ भन्दै यातना दिएको देख्न सकिन्छ ।

उनीहरुले कान्छी चोकमा पाइपले कुट्दै करेन्ट लगाउँदा सनमको मृत्यु भयो । लगतै गोरेले प्रहरी अधिकारीलाई लाश व्यवस्थापन गर्न ‘५ करोड’ को अफर गरेका थिए ।

त्यसक्रममा महानगरीय अपराध अनुसन्धान महाशाखाको टोली पूर्व गएको थियो र, धरानबाट शव बरामद गरेको थियो । यद्यपि, घटना सार्वजनिक गर्दा बिराटनगरमा बरामद भएको बताइयो । र, पक्राउ परेकाहरुले आफैं समेत पीडित भएको बयान दिएपछि छानबिन गर्न सरकारले समिति गठन गरेको थियो । त्यसक्रममा गोरे समूहले ३८ क्वीन्टल सुन तस्करी गरेको खुलेको थियो ।

हेर्नुहाेस् भिडियाे

सुन तस्करी प्रकरण र सनम शाक्य हत्या प्रकरणमा ६३ जनाविरुद्ध जिल्ला अदालत, मोरङमा मुद्दा दायर भएको छ । जसमा बहालवालासहित ९ प्रहरी अधिकारी समेत छन् ।

मोरङको उर्लावारी नगरपालिका वडा नं ७ निवासी सनम शाक्य पेशाले पटके कर संकलक थिए । ३६ वर्षिय शाक्यकी ४ वर्षीया एक छोरी र श्रीमति छन् । सनमको शवलाई फागुन १९ गते शनिवारका दिन बिराटनगर ३ स्थित गोधुली मार्गमा दिनको करिव १ बजे तिर मोरङ प्रहरी र सिआईबिको संयूक्त प्रयासमा फेला पारिएको थियो ।

बा १२ च ५९६३ नम्वरको स्कार्पियोमा शवलाई भारत तर्फ लैजादै गर्दा बाटोमा समातिएको प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी गराईसकेको छ । शव ब्यवस्थापन गर्न लैजादै गर्दा स्कार्पियोमा जिउँदो मान्छे जस्तै गरेर सुताएर लगिएको थियो । शव त्रिपालले छोपेको अवस्थामा भेटिएको थियाे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल