साढे ३३ केजी सुन हराएपछि चुडामणि उप्रेती ‘गोरे’सहितको समूहले तस्करीमा संलग्नहरुलाई यातना दिएको भिडियो सार्वजनिक भएकाे छ । सुन तस्करीको मुद्दामा जिल्ला अदालत मोरङमा बहस जारी छ ।
गत वैशाख ३० गते थुनछेक बहसका क्रममा भिडियो देखाउन खोजिए पनि अभियुक्त पक्षका कानुन व्यवसायीहरुले विरोध गरेपछि भिडियो रोकिएको थियो ।, अहिले विभिन्न सञ्चार माध्यमबाट भिडियाे सार्वजनिक भएकाे छ ।
भिडियोमा गोरे समूहले उर्लाबारी, धरान लगायत विभिन्न ठाउँमा यातना दिएको देखिन्छ । भिडियोमा गोरेले सनम शाक्य लगायतलाई करेन्ट लगाएको यातना दिएको देखिन्छ । उर्लाबारी नगरपालिका–१, कान्छीचौकदेखि उत्तरतर्फ तीन किलोमिटर भित्रको घना जंगलमा सनम शाक्य लगायतलाई यातना दिइएको थियो ।
गत वैशाख ३० गते थुनछेक बहसका क्रममा भिडियो देखाउन खोजिए पनि अभियुक्त पक्षका कानुन व्यवसायीहरुले विरोध गरेपछि भिडियो रोकिएको थियो ।, अहिले विभिन्न सञ्चार माध्यमबाट भिडियाे सार्वजनिक भएकाे छ ।
भिडियोमा गोरे समूहले उर्लाबारी, धरान लगायत विभिन्न ठाउँमा यातना दिएको देखिन्छ । भिडियोमा गोरेले सनम शाक्य लगायतलाई करेन्ट लगाएको यातना दिएको देखिन्छ । उर्लाबारी नगरपालिका–१, कान्छीचौकदेखि उत्तरतर्फ तीन किलोमिटर भित्रको घना जंगलमा सनम शाक्य लगायतलाई यातना दिइएको थियो ।
भिडियाेमा गाेरे समुहले तीन जनालाई हातखुट्टा बाँधेर भुइँमा लडाएपछि ब्याट्री र तार प्रयोग गरेर करेन्ट लगाइएको देख्न सकिन्छ । गोरे समूहका मोहन काफ्लेले कुटपिट गर्दै ‘सुन कहाँ छ भन्छस भने भन् नत्र यही पेट्रोल समेत खन्याई जलाएर मारिदिन्छु’ भन्दै यातना दिएको देख्न सकिन्छ ।
उनीहरुले कान्छी चोकमा पाइपले कुट्दै करेन्ट लगाउँदा सनमको मृत्यु भयो । लगतै गोरेले प्रहरी अधिकारीलाई लाश व्यवस्थापन गर्न ‘५ करोड’ को अफर गरेका थिए ।
त्यसक्रममा महानगरीय अपराध अनुसन्धान महाशाखाको टोली पूर्व गएको थियो र, धरानबाट शव बरामद गरेको थियो । यद्यपि, घटना सार्वजनिक गर्दा बिराटनगरमा बरामद भएको बताइयो । र, पक्राउ परेकाहरुले आफैं समेत पीडित भएको बयान दिएपछि छानबिन गर्न सरकारले समिति गठन गरेको थियो । त्यसक्रममा गोरे समूहले ३८ क्वीन्टल सुन तस्करी गरेको खुलेको थियो ।
हेर्नुहाेस् भिडियाे
सुन तस्करी प्रकरण र सनम शाक्य हत्या प्रकरणमा ६३ जनाविरुद्ध जिल्ला अदालत, मोरङमा मुद्दा दायर भएको छ । जसमा बहालवालासहित ९ प्रहरी अधिकारी समेत छन् ।
मोरङको उर्लावारी नगरपालिका वडा नं ७ निवासी सनम शाक्य पेशाले पटके कर संकलक थिए । ३६ वर्षिय शाक्यकी ४ वर्षीया एक छोरी र श्रीमति छन् । सनमको शवलाई फागुन १९ गते शनिवारका दिन बिराटनगर ३ स्थित गोधुली मार्गमा दिनको करिव १ बजे तिर मोरङ प्रहरी र सिआईबिको संयूक्त प्रयासमा फेला पारिएको थियो ।
बा १२ च ५९६३ नम्वरको स्कार्पियोमा शवलाई भारत तर्फ लैजादै गर्दा बाटोमा समातिएको प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी गराईसकेको छ । शव ब्यवस्थापन गर्न लैजादै गर्दा स्कार्पियोमा जिउँदो मान्छे जस्तै गरेर सुताएर लगिएको थियो । शव त्रिपालले छोपेको अवस्थामा भेटिएको थियाे ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि