‘वर्ल्ड–११’ मा परे सन्दीप, वेष्ट इन्डिजविरुद्ध खेल्ने

आइपिएलमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले अर्को फड्को मारेका छन्। उनी वेष्ट इन्डिजविरुद्धको आइसिसी विश्व ११ टिममा परेका छन्।

sandeep-lamichhange

जेठ १७ गते इंगल्यान्डको लर्डस्‌मा हुने सो खेलमा आइसिसी विश्व ११ को तर्फबाट इंगल्यान्डका खेलाडी इयान मोर्गन कप्तान छन्। आइपिएलमा प्रभावशाली प्रदर्शन गरेपछि उनी सो टिमका लागि छनोट भएका हुन्।

बंगलादेशका सकिल अल हसनले व्यक्तिगत कारण नाम फिर्ता लिएपछि सन्दिपले मौका पाएका हुन् । उनका लागि यो ऐतिहासिक खेल हुनेछ ।

आफुलाई विश्व ११ टिममा समबेश गरिएकोमा खुशी व्यक्त गर्दै सन्दीपले यो आफ्नो देश र सम्पूर्ण नेपाली क्रिकेट प्रेमीहरुको लागि सम्मान भएको बताएका छन्।

वेष्ट इन्डिज विरुद्धको विश्व ११ टिममा विश्वका चर्चित खेलाडीहरु साहिद अफ्रिदी, तमिम इक्बाल, दिनेश कार्थिक, रसिद खान, सोयब मल्लिक, हार्दिक पाण्डे, थिसेरा परेरा जस्ता चर्चित खेलाडीहरु छन्। आइपिएलको डेब्यु खेलमा नै प्रभावशाली बलिङ गरेपछि सन्दीपको चर्चा बिश्वभरी फैलिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकताकै डाटाबाट राष्ट्रिय परिचयपत्र, अब छुट्टै फाराम भर्नु नपर्ने

चैत ९,काठमाडौँ। राष्ट्रिय परिचयपत्र बनाउँदा अब नागरिकले छुट्टै आवेदन फाराम (प्रि–इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत