शान्ति सम्झौता गर्न दुई कोरियाली उच्चस्तरीय अधिकारी बुधबार भेट्दै

dachin-uutar-orra-700x445

सोल । उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीहरुको बैठक बुधबार दक्षिण कोरियातर्फ पर्ने एक सीमाक्षेत्रीय गाउँ पानुमजोममा बस्ने भएको छ । उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल सोमबारमात्र चीन पुगेको समाचारमा जनाइएको थियो । 

उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित सो प्रतिनिधिमण्डलले चीन भ्रमण गरेलगत्तै यता उत्तर र दक्षिण कोरियाली उच्चस्तरीय बैठक पनि आयोजना गर्ने सहमति भएको अर्को समाचार आएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुन लागेको छ । त्यसअघिका अरु उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीहरुको बैठकलाई महत्वपूर्ण रुपमा लिइएको छ । 

सोही बैठकको पूर्व सन्ध्यामा भएको उत्तर कोरियाली नेताको चीन भ्रमणलाई पनि अर्थपूर्ण भ्रमणका रुपमा लिइएको छ । उत्तर कोरियाली नेता उन पनि केही दिनमात्र अघि चीन पुगेका थिए ।  

उनले गएको दुई महिनायता यो दोस्रो पटकसम्म चीनको भ्रमण गरेका थिए । दुई महिना यताको यो पनि एक उच्चस्तरीय भ्रमण नै रहेको अधिकारीहरुले जनाएका छन् । 

गत अप्रिल २७ मा उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनबीच उच्चस्तरीय बैठक भएको थियो । 

उक्त बैठकमा भएको शान्ति सम्झौताका साथै अरु सहमतिको कार्यान्वयनका लागि बुधबार दुई कोरियाबीच यो बैठक बस्न लागेको बताइएको छ । 

उक्त बैठक मन्त्रीस्तरमा हुने बताइएको छ । दक्षिण कोरियाका राष्ट्रिय एकता मन्त्रीले सो बैठकमा सहभागिता जनाउने भएका छन् ।  

विश्वकै चासो र प्रतिक्षाको उक्त विषयको अन्त्य भएको भन्दै सिंगापुरमा हुने अमेरिका उत्तर कोरिया वार्ता कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि महत्वपूर्ण कदम हुने अपेक्षा पनि गरिएको छ । 

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने उच्चस्तरीय भेटवार्ताको तयारी भइरहेको अमेरिकाले जनाएको छ । यसका लागि उत्तर कोरियाले आफ्नो थुनामा रहेका अमेरिकी नागरिकलाई पनि रिहा गरिसकेको छ । 

सो वार्ताको पूर्व सन्ध्यामा अमेरिकी राष्ट्रपति ट्रम्पले एसियाली विभिन्न देशका नेताहरुसँग फोनवार्ता गरेका छन् । उनले दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनसँग पनि गत आइतबार फोनवार्ता गरेका थिए ।  

गत अप्रिल महिनामा भएको सो शान्ति सम्झौता र सहमतिको कार्यान्वयनका लागि भन्दै सो बैठकको आयोजना गरिएकोले उत्तर र दक्षिण कोरियाबीच वार्ताप्रति आशा जागेको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि