हावाहुरीका कारण भारतमा ३९ जनाको मृत्यु

भारतमा हावाहुरीका कारण ३९ जनाको मृत्यु भएको छ । आइतबार बेलुकी आएको हावाहुरीले सबैभन्दा बढी उत्तर प्रदेशमा १६ जनाको मृत्यु भएको छ । 

आन्ध्र प्रदेशमा १२, पश्चिम बंगालमा नौ र राजधानी दिल्लीमा दुई जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । दिल्ली र आसपासका क्षेत्रमा १०९ किलोमिटर प्रतिघण्टाको गतिमा हुरी चलेको बताइएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हावाहुरीका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै ट्विटरमा लेखेका छन्, “देशका केही भूभागमा हावाहुरीका कारण भएको धनजनको क्षतिप्रति दुःखी छु । प्रभावित परिवारप्रति संवेदना । म घाइते नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । अधिकारीहरुसँग प्रभावित नागरिकलाई हर सम्भव सहयोग गर्न निर्देशन दिइसकिएको छ ।’’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त