बलिउड अभिनेत्री श्रीदेवीको मृत्युमाथि जाँच मागको याचिकालाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ । अदालतले श्रीदेवीको मृत्युको कारण पोस्टमार्टम रिपोर्टमा स्पष्ट खुलेको कारण त्यसमा पुनः जाँच नहुने बताएको हो ।

उक्त याचिका फिल्म निर्माता सुनिल सिंहले दायर गरेका थिए । याचिकामा श्रीदेवीको मृत्यु भएको परिस्थितिमाथि जाँच हुनुपर्ने माग गरिएको थियो । यस अघि दिल्ली उच्च अदालतले पनि त्यस याचिकालाई खारेज गरिदिएको थियो ।
फिल्म निर्माता सुनिल सिंहले श्रीदेवीको मृत्युको समयमा आफु पनि दुबईमै भएको दावी गरेका छन् । सुनिलले होटलका कर्मचारी र अन्य स्टाफहरुले आफुलाई बताएको तथ्यभन्दा मिडियालाई परिवार र अन्य मानिसहरुले बताएको घटनाक्रम एकदमै फरक रहेको बताएका छन् ।
श्रीदेवीको मृत्यु दुबईको एउटा पारिवरिक विवाह समारोहमा छोरी खुशी र श्रीमान् बोनी कपुरसँगै उपस्थित हुने क्रममा बाथ टबमा डुबेर भएको थियो ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको