
काठमाडौं । सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनालको गुण्डानाइके गणेश लामासँग कनेक्सन रहेको कुरा चर्चामा आइरहन्छ । लामामात्र होइन, उनको अर्का गुण्डानाइके काजी शेर्पासँग पनि घनिष्ट सम्बन्ध रहेछ भन्ने सशस्त्र प्रहरी बलद्वारा कीर्तिपुरमा संचालित स्कूलमा भएको रासन ठेक्काबाट पुष्टि भएको छ ।
सशस्त्रको स्कूल कीर्तिपुरका लागि यो बर्षको रासन ठेक्का २०७५ बैशाख १९ गते खोलिएको थियो, जसमा काजी शेर्पाको चाँगेस्थान सप्लायर्स प्रालिले पाएको खबर छ । शेर्पाको चाँगेस्थान सप्लायर्स काठमाडौं नेपाली सेनाले कालोसूचीमा राखेको कम्पनी हो । कालोसूचीमा परेको कम्पनीलाई सशस्त्रका आइजीपी खनालको दबाबमा स्कूलका कमाण्डेन्ट दीपेन्द्र शाहले ठेक्का दिएको छन् । शाह एसपी बढुवामा सिफारिसमा परेका छन् । रासन आपूर्तिका लागि बोलपत्र पेश गर्ने अरु ठेकेदारहरूमा जी.एण्ड जी. सप्लायर्स तारकेश्वर, सदाज्योति सप्लायर्स बेनीघाट धादिङ, न्यू आरके ट्रेडर्स काठमाडौंै र दी क्यापिटल मार्केटिङ काठमाडौं र कार्की स्टोर एण्ड सप्लायर्स काठमाडौं छन् । चाँगेस्थान सेनाको रासन आपूर्तिकै प्रकरणमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको कम्पनी हो ।
त्यसैगरी सशस्त्रका आइजीपी खनालले नियुुक्त भएको १५ दिन नपुग्दै आर्थिक कारोबार हुने केन्द्रीय लेखा र आर्थिक प्रशासनका प्रमुख परिवर्तन गरेका छन् । आर्थिक प्रशासनका प्रमुख एसएसपी अभि खत्रीलाई अमेरिका भ्रमणमा गएको बेला हटाएर कुलबहादुर नेम्वाङलाई ल्याएका छन् । अमेरिकाबाट फर्किन समेत नदिई हतार हतार खत्रीलाई हटाएर नेम्वाङलाई ल्याइएको छ ।
आइजीपी खनालले मालदार ठाउँमा आफ्ना विश्वासपात्र सेटिङ गर्ने क्रम केन्द्रीय लेखा र आर्थिक प्रशासनबाट गरेका छन् । केन्द्रीय लेखामा सशस्त्र प्रहरी निरीक्षक गणेशबहादुर मल्ललाई आइजीपी भएको एक साताभित्रै ल्याइसकेका छन् । केन्द्रीय लेखाबाट डीएसपी दयाराम शर्मालाई हठात् हटाएर इन्स्पेक्टर मल्ललाई केन्द्रीय लेखाको प्रमुखमा ल्याएका थिए ।
चार बर्ष कार्यकाल भएका आइजीपी खनाल चाकरीबाजहरूले लगाएका कुरा सुन्ने र त्यसैअनुसार नकारात्मक कदम चाल्ने गरेका छन् । संगठन प्रमुखले कसैको कुरा सुनेर तत्काल कदम चाल्ने भन्दा पनि हेरेर, बुझेर अगाडि बढ््नुपर्नेमा उनी कुरा सुन्नासाथ नकारात्मक एक्सनमा उत्रिन थालेका छन् । संगठन प्रमुख साझा हुन्छ, तर उनी गुटविशेष र एसएसपी नारायणदत्त पौडेललगायतका केही ब्यक्तिको मात्र हुन थालेको टिप्पणी सुरुमै हुन थालेको छ ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग
काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको