बलिउड अभिनेत्री सोनम कपुरको रिसेप्शन पार्टीमा दिग्गज स्टारहरु उपस्थित भएका छन् । रिसेप्शन हलको दृश्य हेर्न लायक थियो । त्यहाँको हेर्न लायक र ध्यान केन्द्रित गर्ने दृश्य नव विवाहिता अभिनेत्री सोनम र उनका श्रीमान् आनन्द आहूजाबाहेक ती स्टारहरु थिए, जो कुनै समय चर्चित लभ बर्डकारुपमा चिनिन्थे र अहिले एक अर्कासँग कुनै सम्बन्ध नै राख्दैनन् ।

त्यस्ता पाँच पूर्व प्रेमिल जोडीहरु सोनमको रिसेप्सनमा देखा परे, जो एउटै छाना मुनी आफ्नै पार्टनरसँग पार्टीको आनन्द उठाइरहेका थिए ।
यस अघि बिपशा बासुको रिसेप्शनमा ऐश्वर्या रायलाई अभोएड गर्न पार्टीमा ढिलो पुगेका सलमान खानले सोनमको रिसेप्शनमा पनि त्यहीँ फर्मुला दोहोर्याएका छन् । तर भारतीय मिडियाहरुकाअनुसार सलमान पार्टीमा पुग्दा ऐश्वर्या राय पनि त्यहीँ उपस्थित थिइन् ।
त्यस्तै श्रीमतीसँग रमाइलो गरिरहेको अभिषेक बच्चनको रमाइलो मुड तब परिवर्तन भयो, जब उनले एकैपटक आफ्नी दुई पूर्व प्रेमिकाको पार्टीमा एकैपटक सामना गर्नुपर्यो । सोनमको रिसेप्शनमा अभिषेककी दुवै पूर्व प्रेमिका रानी मूखर्जी र करिश्मा कपुर उपस्थित थिए ।
पार्टीमा कुनै समयमा चर्चित लभबर्ड रणबीर कपुर र कटरीना कैफ पनि उपस्थित थिए । रणबीर कपुर आलिया भट्टसँग देखा परे भने कटरीना पनि सलमान खानसँग अंगालो मारेर ब्रेकअपको पिडाबाट बाहिर आएको संकेत दिइरहेकी थिइन् ।
रणबीर कपुरभन्दा अघि सिद्धार्थ मल्होत्रासँग नाम जोडिएकी आलिया भट्ट र जैकलिन फर्नान्डिजसँग व्यस्त सिद्धार्थ पनि सोनमको रिसेप्शनको पार्टीमा झुमिरहेका थिए ।
श्रीमती मिरा राजपूतसँग सोनमको रिसेप्शनमा पुगेका शाहिद कपुर र श्रीमान् सैफ अलि खानसँग पार्टीको आनन्द लिइरहेकी करिना कपुरबीच आमनेसामने भएको थियो ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको