
संयुक्त राष्ट्रसंघ, २१ वैशाखः विगत सात वर्षदेखि द्वन्द्व जारी रहेको सिरियाको समस्या शान्तिपूर्णरुपमा समाधानको लागि संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतले बिहीबार आग्रह गर्नुभएको छ ।
द्वन्द्वका कारण अस्तव्यस्त रहेको यस देशको समस्या शान्तिपूर्णरुपमा समाधानका लागि सिरियाली शासकसँगको सहभागितामा वार्ता नै हुनुपर्ने विशेषदूत मा जाओसुले बताउनुभयो । उहाँले केही हप्तामात्र अघि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा सिरियालाई राजनीतिक प्रक्रियामा लैजानको लागि सबै पार्टीलाई आग्रह पनि गर्नुभएको थियो ।
हाल सिरियाको राजधानी दमासकसलगायत पूर्वी गुटा क्षेत्रमा सुरक्षास्थिति अत्यन्त नाजुक रहेकोतर्फ सबैको ध्यान पुग्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको समाचारमा जनाइएको छ । उक्त क्षेत्रमा रुस र सिरियाले संयुक्तरुपमा गरेको हवाई कारबाहीको कारण नागरिक हताहत बढेको छ । केही समय रोकिएको उक्त क्षेत्रको आक्रमण अहिले पनि पुनः सुरु भएको जनाइएको छ ।
सिरियामा सन् २०११ बाट सुरु भएको जनआन्दोलन गृहयुद्धमा परिणत भएपछि आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट्सको पनि घुसपैठ हुन थालेको बताइन्छ । जारी सो द्वन्द्वमा परी सो समयदेखि हालसम्म तीन लाख ५०० हजारभन्दा बढी व्यक्ति मारिएका छन् भने लाखौँ सिरियाली घाइते भएका छन् ।
त्यसैगरी सिरियाबाट ठूलो संख्याका नागरिक विस्थापित भएर शरणार्थीका रुपमा बाहिरिएका छन् । अहिले पनि त्यहाँ हिंसा जारी नै रहेकोले हिंसाको अन्त्यका लागि शान्तिपूर्ण मार्ग अवलम्बन गर्न सबैको आग्रह रहेको छ । तर पनि सिरियामा शान्तिका लागि संयुक्त राष्ट्रसंघले कैयौँ पटकसम्म वार्ताको आह्वान गरेको भए पनि त्यो सम्भव हुन सकिरहेको छैन ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि