
काठमाडौं, १४ वैशाख : उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच ऐतिहासिक शिखर वार्ता दक्षिण कोरियामा चलिरहेको छ ।

किम सन् १९५३ पछि पहिलो पटक दक्षिण कोरिया पुग्ने पहिलो उत्तर कोरियाली राष्ट्रिपति बनेका छन् ।दुबै देशका शीर्ष नेता निशस्त्रीकरण गरिएको गाउँ अर्थात् शान्तिक्षेत्र पानमुनजोमको दक्षिणतर्फको भूभागमा बनाइएको भवनमा वार्तामा संलग्न छन् ।दुई नेताले भेट गर्दा निकै आशावादी रहँदै हात मिलाएका छन् । वार्ता शिशा र कंक्रिटले बनाइएको शान्तिगृहमा भइरहेको हो ।
उत्तर कोरियाले आणविक हतियार छोड्न गरेको संकेतका विषयमा ऐतिहासिक वार्ता केन्द्रित रहेको बताइएको छ । वर्षौंदेखिको तनाबलाई रोक्ने सन्दर्भमा वार्ता महत्वपूर्ण हुने अपेक्षा छ ।दुवै नेता रातो कार्पेटबाट दक्षिण कोरियाको सैनिक सम्मानमा सहभागी भएका थिए । त्यसपछि दुवै नेता वार्ताका लागि पिस हाउस प्रवेश गरेका थिए ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि