नेपालको प्रतिव्यक्ति आय बढ्यो ! धनी भए नेपाली

percapita-income-annapurna_QmmU6TgXvxकाठमाडौं – प्रतिव्यक्ति नेपालीको वार्षिक आय ११ हजार तीन सय चार रुपैयाँ बढेको छ। गत वर्षको प्रतिव्यक्ति आय ९२ हजार ३१ रुपैयाँबाट बढेर यस वर्ष एक लाख तीन हजार तीन सय रुपैयाँ पुग्ने तथ्यांक विभागले जनाएको छ।शिक्षा, स्वास्थ्य, निर्माण तथा सामाजिक क्षेत्र, थोक तथा खुद्रा व्यापारमा आएको बढोत्तरीसँगै नेपालीको प्रतिव्यक्ति आय बढेको हो ।

 पछिल्लो समय आर्थिक गतिविधिमा आएको सुधारका कारण रोजगारी, उत्पादन तथा उत्पादकत्व बढ्दा प्रतिव्यक्ति आयमा सुधार आएको पूर्व अर्थसचिव डा. शान्तराज सुवेदीले बताए। 

‘नेपालीको औसत आय बढ्नुमा पुनर्निर्माण, ठूला तथा राष्ट्रिय गौरवका आयोजनाका निर्माणले लिएको गति, सरकारी खर्चमा भएको बढोत्तरीले नेपालको कुल गार्हस्थ उत्पादन बढ्न जाँदा त्यसको प्रभाव प्रतिव्यक्ति आयमा देखियो’, पूर्व अर्थसचिव डा. सुवेदीले भने, ‘पछिल्लो समय विद्युत् आपूर्ति बढ्न जाँदा उद्योग क्षेत्रको उत्पादन बढ्नुका साथै निर्माणमा प्रगति हुँदै गएको छ।’

उद्योग तथा पूर्वाधार क्षेत्रमा विकास र विस्तार हुँदै जाने, कृषि क्षेत्रलाई व्यवसायीकरण गर्दै यसको उत्पादनमा ध्यान दिने हो भने नेपालीको प्रतिव्यक्ति आय आगामी आर्थिक वर्षमा विकासशील देश तहमा स्तरोन्नति हुने उनको दाबी छ। विकासशील देशमा प्रतिव्यक्ति आय कम्तीमा १२ सय अमेरिकी डलर हुन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना