आमा बन्दैछिन् बलिउड अभिनेत्री इलियाना डिक्रुज !

आफ्नो नीजि जीवनलाई मिडियाबाट गोप्य राख्न सफल बलिउड अभिनेत्री इलियाना डिक्रुजको जीवनको एउटा महत्वपूर्ण अवस्थालाई मिडियाहरुले थाहा पाएको विश्वास गरेका छन् ।

bollyhood-768x432

पहिले आफ्नो प्रेमीलाई मिडियाको नजरबाट लुकाएर गोप्य विवाह गरेकी इलियाना अहिले आमा बन्न लागेको मिडियाले विश्वास गरेका छन् । मुम्बई मिररको रिपोर्ट अनुसार इलियाना गर्भवती छिन् । हालै एउटा एयरपोर्टमा इलियानाको तस्वीर लिने क्रममा उनले आफ्नो पेटलाई ढाक्ने प्रयास गरेकी थिइन् ।

यस्तै खबरहरुको बीच इलियानाका कथित श्रीमान् अष्ट्रेलियाली फोटोग्राफर एन्ड्रयु निबोनले इलियानाको एउटा सुन्दर तस्वीर सामाजिक सञ्जालामा शेयर गरेका थिए । उक्त तस्वीरमा इलियाना बाथ टबमा लडिरहेको देखिएकी थिइन् । त्यसको क्याप्सनमा लेखिएको थियो, ‘एक प्रकारले, केही एक्लो समय बिताउँदै ’ । एन्ड्रयुको त्यस्तो क्याप्सनले तस्वीर लिएको समयमा इलियानाको साथमा उनको श्रीमान् बाहेक अन्य कोही पनि थिए भन्ने मिडियाले अड्कल काटेका छन् । मिडियाको अनुसार आफ्नो हुनेवाला बच्चाको बारेमा एन्ड्रयुको त्यो आलंकारिक संकेत हो ।

आफ्नो स्टाइल स्टेटमेन्ट र फेशनेबल आउटफिट्सका लागि चर्चित इलियाना केही दिनदेखि फेशन पुलिसलाई पनि निराश बनाइरहेकी छिन् । पछिल्लो फिल्म ‘रेड’ को सुटिङको समयमा पनि उनी धेरैजसो पैन्ट सुट या बेल्टवाला लामो कपडाहरु लगाएर आउन गर्थिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको