April 19, 2018

युवा संघको अध्यक्षमा पौडेल

 

काठमाडौं, वैशाख ६ । युवा संघ नेपाल केन्द्रीय कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीको अध्यक्षमा रमेश पौडेललाई जिम्मेवारी दिएको छ ।

यही वैशाख ३ गतेदेखि आज बिहानसम्म बसेको बैठकले उपाध्यक्षमा किरण पौडेल, चन्द्र लामा, गोविन्द थापा, क्रान्ति बुर्लाकोटी, पर्शुराम बस्नेत, हस्त शाही र प्रभात कटुवाललाई मनोनीत गरेको छ ।

बैठकले महासचिवमा नरेश शाहीलाई जिम्मेवारी दिएको छ । सचिवमा माधव बास्तोला, राजेश साह, उर्मिला सुनुवार, वचन सिंह, पूर्ण लामा, अन्जना अधिकारी, हिमाल लिम्बू, दीपक जिएम, क्षितिज थेबे, राजु कार्की, धु्रव यादव, सन्तोष रावल र सुरेन्द्र कार्कीलाई मनोनीत गरेको छ ।

बैठकले संगठनका अध्यक्ष राजीव पहारीको राजीनामा स्वीकृत गरेको छ । नवनिर्वाचित अध्यक्ष पौडेलले सबैलाई मिलाएर महाधिवेशनको तिथि तय गर्ने जानकारी दिए ।

संगठनका तत्कालीन उपाध्यक्ष दिलु पन्तले भने संगठनको आठौँ महाधिवेशन पछि विभिन्न प्रक्रियाले नवौँ महाधिवेशन गर्न नसकिएकाले तेस्रो पटक महाधिवेशन गर्न नेतृत्व चयन गरिए पनि यस प्रक्रियाले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’