April 19, 2018

युवा संघको अध्यक्षमा पौडेल

 

काठमाडौं, वैशाख ६ । युवा संघ नेपाल केन्द्रीय कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीको अध्यक्षमा रमेश पौडेललाई जिम्मेवारी दिएको छ ।

यही वैशाख ३ गतेदेखि आज बिहानसम्म बसेको बैठकले उपाध्यक्षमा किरण पौडेल, चन्द्र लामा, गोविन्द थापा, क्रान्ति बुर्लाकोटी, पर्शुराम बस्नेत, हस्त शाही र प्रभात कटुवाललाई मनोनीत गरेको छ ।

बैठकले महासचिवमा नरेश शाहीलाई जिम्मेवारी दिएको छ । सचिवमा माधव बास्तोला, राजेश साह, उर्मिला सुनुवार, वचन सिंह, पूर्ण लामा, अन्जना अधिकारी, हिमाल लिम्बू, दीपक जिएम, क्षितिज थेबे, राजु कार्की, धु्रव यादव, सन्तोष रावल र सुरेन्द्र कार्कीलाई मनोनीत गरेको छ ।

बैठकले संगठनका अध्यक्ष राजीव पहारीको राजीनामा स्वीकृत गरेको छ । नवनिर्वाचित अध्यक्ष पौडेलले सबैलाई मिलाएर महाधिवेशनको तिथि तय गर्ने जानकारी दिए ।

संगठनका तत्कालीन उपाध्यक्ष दिलु पन्तले भने संगठनको आठौँ महाधिवेशन पछि विभिन्न प्रक्रियाले नवौँ महाधिवेशन गर्न नसकिएकाले तेस्रो पटक महाधिवेशन गर्न नेतृत्व चयन गरिए पनि यस प्रक्रियाले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि