एजेन्सी, ३० चैत – चिनियाँ राष्ट्रपति सि जिङपिङ विवादस्पद दक्षिण चिनियाँ समुद्रमा आयोजना भएको पब्लिक लिबरेशन आर्मि नेभी पिएलए नेभीको वृहत नैसैनिक प्रदर्शनमा उपस्थित भएका छन् ।

दक्षिण चिनियाँ समुद्रको हालसम्मकै सबैभन्दा ठूलो उक्त नौसैनिक परेड बिहीबार बिहान आयोजना भएको नौसन्यले बताएको छ । उक्त वृहत प्रदर्शनलाई राष्ट्रपति सिले समिक्षा गरेका थिए ।
त्यस शानदार परेडमा दश हजारभन्दा धेरै नौसैनिकहरु उपस्थित थिए । पिपल्स लिवरेशन नौसैनिकको विगत धेरै वर्षदेखिको उपलब्धीलाई स्मरण गर्न र चीनलाई वर्ल्डक्लास सैन्य शक्ति भएको देशकोरुपमा चीनलाई विकास गर्ने दृढताका साथ उक्त प्रदर्शन आयोजना भएको थियो ।
केन्द्रिय सैन्य आयोगका अध्यक्ष पनि रहेका राष्ट्रपति सिले युद्धकजहाज र अनवोर्ड हवाई विमानहरुको समिक्षा गरेका थिए । उनको साथमा केन्द्रिय सैन्य आयोगका अन्य सदस्यहरु पनि उपस्थित थिए ।
१२ अप्रिलको उक्त वृहत नौसैनिक अभ्यासको समिक्षा गरेपछि त्यसबारे वक्तव्य पनि दिएका थिए ।
आफ्नो भाषणमा उनले नौसैनिकको क्षमता समय अगावै विकास गरिनुपर्ने माग गरेका थिए । साथै उनले चिनियाँ जल सैन्य क्षमतालाई वर्ल्डक्लास शक्ति बनाउन सम्पूर्ण प्रयास लगाउन बताए । उनले देशको प्रवृतिका कारण त्यस्तो कार्यमा सैन्य बल अगाडि बढ्नुपर्ने बताएका थिए ।
उनले शक्तिशाली नौसैन्य शक्ति चिनियाँ पुर्नजागरणको महत्वपूर्ण खम्बा भएको कुरालाई जोड दिएका थिए । साथै उनले कम्युनिष्ट दल र चिनियाँ जनता पिएलए नेभीप्रति गर्भ महसुस गरेको बताए ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन