इंग्लिश क्लब आर्सनल युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा रुसको सीएकेए मस्कोसँग २ – २ गोलको बराबरी खेलेको आर्सनल समग्रमा ६ – ३ को जितसहित सेमिफाइनलमा प्रवेश गरेको हो ।

मस्कोमा भएको खेलमा घरेलु टोलीका लागि फेडोर चालोभ र किरिल नाबबकिनले समान एक एक गोल गरे । आर्सनलको लागि ड्यानी वेलब्याक र आरोन रामसेले एक एक गोल फर्काए । दोस्रो लेग बराबरी भएपनि आर्सनललाई सेमिफाइनलमा पुग्न पहिलो लेगको जित प्रयाप्त बन्यो । पहिलो लेगमा आर्सनलले ४ – १ को जित निकालेको थियो ।
आर्सनलले सुरुवाती दुई गोलको अग्रता उल्टाएर मस्कोसँग बराबरी खेलेको थियो । खेलको ३९ औं मिनेटमा चालोभको गोलबाट मस्कोले सुरुवाती अग्रता बनाएको थियो । खेलको ५० औं मिनेटमा नाबबकिनले गोल गर्दै मस्कोलाई २ – ० को अग्रता दिलाए । तर, खेलको ७५ औं मिनेटमा आर्सनलका वेलब्याकले गोल गर्दै खेल २ – १ मा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा आर्सनलका रामसेले गोल गर्दै खेल २ – २ गोलको बराबरी गर्न सफल भए ।
योसँगै आर्सनल सन् १० बर्षपछि युरोपा लिगको सेमिफाइनलमा पुग्न सफल भएको छ । आर्सनलले पछिल्लोपटक सन् २००८ – ९ को सिजन सेमिफाइनलमा स्थान बनाएको थियो । आर्सनल युरोपा लिगको सेमिफाइनलमा पुग्ने पाँचौ इंग्लिश क्लब समेत हो ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन