काठमाडौँ, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधि भएको बताएका छन्। नेपाली सेनाको अधिकृत क्याडेट तालिम र पदिक-हुद्या क्याडेट तालिमको आयुक्त पद प्रधान कार्यक्रमलाई बिहीबार नेपाली सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले आतंककारी गतिविधिले शान्ति सुरक्षा, अर्थतन्त्र र सामाजिक एकतामा प्रत्यक्ष आघात पार्ने बताए। ‘देशभित्र हिंसात्मक गतिविधिमा क्रियाशिल अतिवादी तत्वहरु, अन्तर्राष्ट्रिय आतंककारी गतिविधिको चुनौती साथै क्षेत्रीय र जातीय विद्वेषमा आधारित द्वन्द्व अहिलेका वास्तविक खतरा हुन्’ प्रधानमन्त्री ओलीले भने, ‘यस प्रकारका खतराविरुद्ध हाम्रा सुरक्षा निकाय सदैव तयार हुनु पर्दछ।’
२१ औँ शताब्दीको चुनौती साइबर सुरक्षा
प्रधानमन्त्री ओलीले २१ औं शताब्दीको अर्को महत्वपूर्ण चुनौती साइबर सुरक्षा भएको बताए। ‘यो प्रत्यक्ष हमलाभन्दा पनि खतरनाक हुन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रिय सुरक्षाका विविध आयामका बारेमा जानकार रही साइबर सुरक्षाको विश्वसनीय योजनासहित सुरक्षा निकायबीच समन्य गर्नु जरुरी छ।’
त्यस्तै प्रधानमन्त्री ओलीले स्थायित्वको जगमा नेपालको विकास वर्तमान सरकारको लक्ष्य रहेको बताएका छन् । ‘हामी अहिले तुलनात्मक रुपमा स्थिर र शान्तिपूर्ण अवस्थामा छौं’, प्रधानमन्त्री ओलीले भने, ‘तर, हामी सधैं विश्वमा उत्पन्न हुन सक्ने खतराबारेमा सतर्क हुनु जरुरी छ ।’
प्रधानमन्त्री ओलीले नेपाली सेनाले राष्ट्र निर्माणका लागि नेपाली जनतासँग काँधमाकाँध मिलाउदै आएकोमा प्रशंशा गरे । नेपाली सैनिकले विश्वका द्वन्द्वग्रस्त मुलुकमा पु¥याएको योगदानलाई नेपाललाई शान्ति सैनिकको देशको रुपमा चिनाएको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले भने, ‘नेपाली सेना विविध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जिम्मेवारी पूरा गर्न सक्षम बहुआयामिक संगठनको रुपमा विकशित भएको छ ।’
काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि
माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले