अमेरिकामाथि रसियाको यस्तो चेतावनी

662e76294b833f95c613d2e8e9d9e1e71507609042एजेन्सी, २८ चैत । सिरियाको कथित रासायनिक हमलाको प्रतिक्रियामा अमेरिकाले उठाउने भनेको सैन्य कदमलाई रोक्न रसियाले जोड दिएको छ ।

‘म पुन एकपटक तपाईहरुले विकास गरिरहनु भएको तत्कालको योजनालाई त्याग्न आग्रह गर्दछु ।’ मंगलबार संयुक्त राष्ट्रसंघका लागि रुसी प्रतिनिधि भ्यासली नेबेनजियाले भने ।

उनले सिरियामा अमेरिकी गैरकानुनी सैन्य अभियान ‘रुखो व्यवहार’ हुने बताए ।

तर पश्चिमा नेताहरुले डोमामा भएको कथित रासायनिक हमलाका जिम्मेवारहरुलाई लक्षित गर्न संयुक्त कार्वाही गर्नेमा सहमत भएका छन् ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सिरियाली सरकारको रासायनिक हतियार सुविधालाई लक्षित जुनसुकै हमला हुनसक्ने बताएका छन् ।

मस्कोको उक्त प्रतिक्रिया युएन सुरक्षा परिषदको एउटा विवादित वैठकमा आएको हो । उक्त बैठकमा कथित हमलाबारे नयाँ जाँचको माग राखिएको एउटा प्रस्ताव पारित हुन असफल भएको थियो ।

अमेरिकाले पेश गरेको उक्त प्रस्तावविरुद्ध रसियाले भिटो शक्ति प्रयोग गरेको थियो भने चीन मतदानबाट बाहिरीएको थियो । साथै मस्कोले पेश गरेको एउटा काउन्टर उपायको प्रस्तावमा पनि पारित हुन असफल भएको थियो ।

अमेरिकाले युद्धग्रस्त शहर डोमामा असद सरकारले गरेको भनिएको कथित रासायनिक हमलाबारे एउटा स्वतन्त्र छानबिनको आह्वान आफ्नो प्रस्तावमा गरेको थियो । तर सिरिया समर्थक रसियाले कुनै पनि रासायनिक हमलाबारे अस्वीकार गरेका थिए ।

रासायनिक हतियार प्रतिबन्धका लागि विश्व संगठन ओपिसिडब्ल्युलाई छोटो समयका लागि डोमामा प्रतिबन्धित हतियार प्रयोग भएको नभएको बारेमा छानबिन गर्न पठाइने बताइएको छ । तर ओपिसिडब्ल्युले हमलाका लागि को जिम्मेवार छ भन्नेजस्ता विषयसँग सम्बन्ध नराख्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद