अमेरिकामाथि रसियाको यस्तो चेतावनी

662e76294b833f95c613d2e8e9d9e1e71507609042एजेन्सी, २८ चैत । सिरियाको कथित रासायनिक हमलाको प्रतिक्रियामा अमेरिकाले उठाउने भनेको सैन्य कदमलाई रोक्न रसियाले जोड दिएको छ ।

‘म पुन एकपटक तपाईहरुले विकास गरिरहनु भएको तत्कालको योजनालाई त्याग्न आग्रह गर्दछु ।’ मंगलबार संयुक्त राष्ट्रसंघका लागि रुसी प्रतिनिधि भ्यासली नेबेनजियाले भने ।

उनले सिरियामा अमेरिकी गैरकानुनी सैन्य अभियान ‘रुखो व्यवहार’ हुने बताए ।

तर पश्चिमा नेताहरुले डोमामा भएको कथित रासायनिक हमलाका जिम्मेवारहरुलाई लक्षित गर्न संयुक्त कार्वाही गर्नेमा सहमत भएका छन् ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सिरियाली सरकारको रासायनिक हतियार सुविधालाई लक्षित जुनसुकै हमला हुनसक्ने बताएका छन् ।

मस्कोको उक्त प्रतिक्रिया युएन सुरक्षा परिषदको एउटा विवादित वैठकमा आएको हो । उक्त बैठकमा कथित हमलाबारे नयाँ जाँचको माग राखिएको एउटा प्रस्ताव पारित हुन असफल भएको थियो ।

अमेरिकाले पेश गरेको उक्त प्रस्तावविरुद्ध रसियाले भिटो शक्ति प्रयोग गरेको थियो भने चीन मतदानबाट बाहिरीएको थियो । साथै मस्कोले पेश गरेको एउटा काउन्टर उपायको प्रस्तावमा पनि पारित हुन असफल भएको थियो ।

अमेरिकाले युद्धग्रस्त शहर डोमामा असद सरकारले गरेको भनिएको कथित रासायनिक हमलाबारे एउटा स्वतन्त्र छानबिनको आह्वान आफ्नो प्रस्तावमा गरेको थियो । तर सिरिया समर्थक रसियाले कुनै पनि रासायनिक हमलाबारे अस्वीकार गरेका थिए ।

रासायनिक हतियार प्रतिबन्धका लागि विश्व संगठन ओपिसिडब्ल्युलाई छोटो समयका लागि डोमामा प्रतिबन्धित हतियार प्रयोग भएको नभएको बारेमा छानबिन गर्न पठाइने बताइएको छ । तर ओपिसिडब्ल्युले हमलाका लागि को जिम्मेवार छ भन्नेजस्ता विषयसँग सम्बन्ध नराख्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि