एजेन्सी, २७ चैत – बलिउड अभिनेत्री सोनाम कपुर अहिले आफ्नो विवाहको तयारीमा जुटेकी छिन् ।

भारतीय क्रिकेट प्लेयर विराट कोहली र अभिनेत्री अनुष्का शर्माको विवाहपछि सोनामको विवाहको चर्चाले बलिउडकाे शहर ‘बि-टाउन’ तातिएको थियो । सुरुवातमा सोनामको विवाह समारोह राजस्थानको जोधपुर या उदयपुरमा हुने कुरा बाहिर आएको थियो तर अहिले आएर उनले पनि अनुष्का शर्माले जस्तै देशबाहिर विवाह गर्ने तयारी गरेकी छिन् ।
सोनमको विवाहको लागि देश बाहिरको सबैभन्दा महंगो शहर चुनिएको छ । वेभसाइट स्पाँटब्वाँइको अनुसार सोनम र उनका प्रेमी आनन्द आहूजाको विवाहको मिति र स्थान तय भैसकेको छ । उनको विवाह ९ देखि १२ मेको बीचमा विश्वकै सुन्दर देश स्वीटजरल्याण्डको मान्ट्रो शहरमा हुने भएको छ । सोनमको विवाहलाई लिएर स्वीस सरकारले पनि रुची देखाएको छ ।
सोनमको प्रेमी आनन्द भारतको फेसन ब्राण्डका युवा व्यवसायी हुन् ।
सोनम चाढै नै ‘वीरे दी वेडिंग’ मा देखा पर्दैछिन् । फिल्ममा उनीसँगै करिना कपुर र स्वरा भाष्कर प्रमुख भूमिकामा छिन् ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको