काठमाडौँ, चैत २६ : भारतीय चर्चित अभिनेता सलमान खान नेपाल आउने भएका छन् । उनी आउँदो जेठ १२ गने नेपाल आउने पक्का भएको छ ।

नेपालमा रहेको ओडीसी इन्टरटेनमेन्टले आयोजना गर्न लागेको दबङ द टुरका लागी सलमान नेपाल आउन लागेका हुन् । कालो हरिण मारेको अभियोगमा जेल परेका सलमान धरौटीमा रिहा भए लगतै सो कार्यक्रमको मिति तय गरिएको हो ।
मे २६ तारिखमा सलमानको दबङ टूर नामक कार्यक्रमको आयोजना हुने र खानसहित सोनाक्षी सिन्हा, कृति सनोन, प्रभु देवा, दिशा शाह, मिट ब्रस, मनिष पल र डान्सरहरु सोका लागि निश्चित भएको उल्लेख गरिएको छ । गत फागुन २६ गते काठमाडौंको टुँडिखेलमा सलमान खानको दबङ टुर नामक कार्यक्रमको आयोजना हुने र २७ फागुन फर्कने तयारी गरिएको थियो तर विप्लव समुहको चेतावनी पश्चात कार्यक्रम स्थगित गरिएको थियो ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सलमान खान नेपाल विरोधि भएको भन्दै खानको कार्यक्रम असफल बनाउने घोषणा गरेको थियो ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको