टाइटनिक एउटा वास्तविक घटनामा आधरीत फिल्म हो । आजभन्दा एक शताब्दी अघि १९१२ अप्रिल १५ मा विश्वकै सबैभन्दा विशाल जहाज आरएसएस टाइटनिक आफ्नो पहिलो यात्रामा नै अटलान्टिक महासागरमा डुबेको थियो । त्यस घटनामा करिब १५ सय मानिसहरुले ज्यान गुमाएका थिए ।

उक्त घटनामाथि हजारौं फिल्म र डकुमेन्ट्रीहरु बने । तर हलिउड निर्देशक जेम्स क्यामरुनले बनाएको फिल्म टाइटनिक आजसम्म पनि विश्वकै सर्वाधिक रुचाइएको फिल्म मानिन्छ ।
लियोनार्दो डि क्याप्रियो र क्याट विन्सलेट अभिनित उक्त फिल्म १ नोभेम्बर १९९७ मा बनेको हो । फिल्म बनाउन कूल लागत १२५० करोड अमेरिकी डलर लागेको थियो । तर त्यसले १४ हजार करोडभन्दा अधिक कमाई गरेको थियो । यसरी एघार गुणा बढी कमाइ गरेको यो फिल्म कमाईका लागि मात्र नभएर यसले प्राप्त गरेको अवार्डका लागि पनि उच्च स्थानमा छ ।
यस फिल्मका लागि रिल सर्वाधिक प्रयोग भएको थियो । पर्दामा फिल्मलाई जुन महासागरमा देखाइएको थियो, वास्तवमा त्यो एउटा तीन फीट गहिरो स्वीमिङ पुल थियो ।
फिल्म १४ विधामा ओस्कार अवार्डका लागि चुनिएको थियो । जसमा ११ विधामा यसले अवार्ड प्राप्त गरेको थियो । यस फिल्मको नाम टाइटनिक राख्न अघि ‘प्लानेट आइस’ राख्न लागिएको थियो ।
फिल्ममा पानीको सिनमा अभिनेत्री केटलाई चिसो कपडा लगाउनु पर्ने थियो । जसका कारणले उनी निमोनियाबाट ग्रसित भएकी थिइन् । फिल्म टाइटनिकको लागत वास्तविक जहाजको भन्दा धेरै गुणा ज्यादा थियो ।
फिल्ममा मर्ने रियल लाइफ कपलको नाम इसिडार र इडा स्ट्रास थियो । इडाले बाँच्ने मौका पाएकी थिइन् तर उसले इसिडारलाई छोड्नभन्दा मर्न नै मन पराइन् ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको