धनगढी प्रिमियर लिग : विराटनगर किंग्सद्वारा रुपन्देही पराजित

धनगढी, २१ चैत । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा विराटनगर किंग्सले रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गरेको छ ।

कैलालीको धनगढीस्थित संघीय प्रहरी एकाइ कार्यालयको मैदानमा रुपन्देही च्यालेन्जर्सले टस जितेर फिल्डिङ रोजेपछि विराटनगर किंग्सले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८१ रन बनायो । एक सय ८२ रनको विजय लक्ष्य पछ्याउने क्रममा रुपन्देहीले सात विकेट गुमाउँदै मात्र १३९ रन बनायो ।

यसअघि ब्याटिङ गर्दै विराटनगरका लागि बाबर हयातले ५८ रन बनाए । उनले ३५ बलमा चार छक्का र चार चौका प्रहार गरे । ओपनरद्वय दिलीप नाथले ४३ तथा अनिलकुमार साहले ३६ रनको योगदान दिए । नाथले ३७ बलमा एक छक्का र ६ चौका तथा साहले २५ बल खेल्दै तीन छक्का र तीन चौका प्रहार गरे । कप्तान पारस खड्काले २२ तथा सौरभ खड्काले अविजित १७ रन बनाए । खड्काले १२ बल खेल्दै एक छक्का र तीन चौका हाने ।

बलिङतर्फ रुपन्देहीका सुफियान महमुदले दुई तथा जितेन्द्र मुखिया र सागर पुनले एक/एक विकेट लिए ।

जवाफी ब्याटिङका क्रममा रुपन्देहीका लागि प्रदीप ऐरीले ५४ रन बनाए । उनले ५० बलमा दुई छक्का र चार चौका प्रहार गरें । दीपक प्रसादले १७ बल खेल्दै एक छक्का र दुई चौकासहित २२ रन बनाए । सुशन भारीले अविजित रहँदै दुई छक्का र एक चौकासहित २१ तथा कप्तान शक्ति गौचनले अविजित १४ रन बनाए ।

बलिङतर्फ विराटनगर किंग्सका शुभम कामतले तीन विकेट लिए । उनले चार ओभर बलिङ गर्दै १८ रन खर्चे । रामनरेश गिरीले दुई तथा कप्तान पारस खड्काले एक विकेट लिए । प्लेयर अफ द म्याच विराटनगर किंग्सका बाबर हयात भए । उनले १० हजार पुरस्कार पाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि